धनगढी, पुस १/ नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन माग गरेको छ।
तरुण दलले राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाएर तथा प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग गरेको हो।
संवैधानिक परिषदसम्बन्धी अध्यादेश अलोकतान्त्रिक र संविधानको भावनाविपरीत भएको तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले बताए।
राष्ट्रपतिको भूमिका नागरिकको अभिभावकको नभएको बल्की संविधानको भक्षक जस्तो देखिन आएको उनको आरोप छ।
राष्ट्रपति र प्रधानमन्त्रीलाई पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्न तरुण दलले माग गरेको छ।