धनगढी ३० मंसिर/ बैतडीको पाटन नगरपालिका वडा नं ९ का वडा अध्यक्ष लोक बहादुर भण्डारीले वडाका ३ वटा बिद्यालयमा अक्षय कोष स्थापना गर्नु भएको छ । वडा भित्र रहेका ज्ञानेश्वर माध्यामिक बिद्यालय, सरस्वती आधारभुत विद्यालय र सिद्धेस्वर माध्यामिक बिद्यालयमा २२ हजार बराबरको अक्षय कोष स्थापना गरिएको हो ।
ज्ञानेश्वर माध्यामिक विद्यालयमा सोमबार वार्षिकोत्सव तथा अभिभावक दिवसको दिन २२ हजार रुपैयाको चेक प्रधानाध्यापक तर्कराज भट्टलाई हस्तान्त्रण गरेका छन ।
यस्तै जनपृय आधारभुत बिद्यालयमा पनि छिट्टै औपचारीक कार्यक्रमकाबिच अक्षय कोष स्थापना गरिने वडा अध्यक्ष भण्डारीले बताए । उक्त अक्षयकोषबाट आउने वार्षिक ब्याजबाट गरिब जेहेन्दार र उत्कृष्ट बिद्यार्थीहरुलाई प्रदान गरिने छ । यस कार्यक्रमले शिक्षाबाट सबै बालबलिकाको पहुच पुग्ने गुणस्तरमा पनि सुधार आउने बिश्वास गरिएको छ ।
आफ्नो तलबवाट विद्यालयमा ‘वडा अध्यक्ष’ नामक अक्षयकोष स्थापना गर्नु भएको हो । वडा अध्यक्ष भण्डारीले गत भदौमा पहिलो पटक सिद्धेस्वर माबी हुक्केडाडाको बिद्यालयमा पहिलो पटक अक्षयकोष स्थापना गर्नु भएको थियो ।
आफुले एक एक महिनाको तलव वडाका ४ वटै बिद्यालयमा अक्षय कोष स्थापना गर्ने उदेस्यअनुरुप ३ वटा बिद्यालयमा स्थापना गरिएको र अब जनपृय आधारभुत बिद्यालयमा पनि एक औपचारीक कार्यक्रमकाबिच अक्षयकोष स्थापना गर्ने लक्ष लिएको बताए । यस कार्यक्रमले सबै बालबलिकाहरुको शिक्षामा पहुँच पुग्ने र शैक्षिक गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ ।