बझाङ्ग २९ मंसिर: बझाङ्ग जिल्लामा अवस्थित सुन्कुडा माध्यमिक बिधालयका एक जना शिक्षकलाइ कोरोना पोजिटिभ देखिँदा बिधालय बन्द भएको छ। कोरोना पोजिटिभ देखिनेमा सुनकुडा मा विमा कार्यरत शिक्षक लाल बहादुर ओलि रहेका छ्न । गत चैत देखि बन्द भएका बिधालय मंसिर १५ गतेबाट सन्चालन भएका थिए ।
सुनकुडा माध्यमिक बिधालयका शिक्षक ओलिलाइ कोरोना संक्रमण पोजिटिभ देखिएपछी करिब पुस ५ गते सम्मका लागि बिदा गरिएको सुनकुडा माध्यमिक बिधालयका प्रधानाध्यापक धन बहादुर बिष्टले बताउनु भयो।
जिल्ला अस्पताल बझाङ्गको प्रयोगशाला गरिएको परिक्षणमा उहालाइ कोरोना पोजिटिभ देखिएको थियो। उहाको रिपोर्ट २९ गते पुगेको थियो ।
शंका उपसङ्का बिषय उत्पन्न्न भएपछी आज सुनकुडा माध्यमिक बिधालयमा शिक्षक बिद्यार्थी गरि १२ जनाको स्वाव सङकलन गरिएको छ।
२६/ २७ जना शिक्षक रहेको बिधालयमा धेरै सङ्ख्यामा बिद्यार्थीहरु अध्ययन गर्ने गर्छ्न । अहिले सुनकुडा माध्यमिक बिधालयमा बिज्ञान संकाय, व्यवस्थापन संकाय तथा प्राविधिक धारका बिषय( आइटि) पढाइ हुने गर्छ।