धनगढी, मंसिर २९/ नेपाली काँग्रेसले सरकार विरुद्ध आज सोमबार देशभर विरोध प्रदर्शन गर्ने भएको छ।
धनगढीमा पनि काँग्रेसले विरोध प्रदर्शनसहित आमसभा गर्ने जनाएको छ।
विहान ११ बजे ट्राफिक चौराहा देखि पार्क चोक तथा प्रदेश सभासम्म विरोध प्रदर्शन गर्ने जनाइएको छ। प्रदेश सभा अगाडि आयोजना हुने आमसभालाई सम्बोधन गर्न नेपाली काँग्रेसका केन्द्रीय नेताहरु धनगढी आइपुगेका छन्।
आमसभालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापा, रामजनम चौधरी, प्रदेश सभा सदस्य टेक बहादुर रैका र धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशिला मिश्र भट्टलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस कैलाली प्रचारप्रशार समितिले जनाएको छ।