धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले पहाडी ७ जिल्लाका १६ निर्वाचन क्षेत्रका लागि अत्याधुनिक एम्बुलेन्स खरिद गरेको छ। प्रदेशको सामाजिक मन्त्रालयले सवा ६ करोड मुल्य पर्ने १६ वटा अत्याधुनिक एम्बुलेन्स खरिद गरेको हो।
पहाडका ७ जिल्लाका १६ निर्वाचन क्षेत्रका लागि एम्बुलेन्स खरिद गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष २०७५९०७६ को बजेटमा एम्बुलेन्स खरिदका लागि मन्त्रालयले ६ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको थियो।
संघीय सरकारको अर्थ मन्त्रालयले भन्सार छुटका लागि इजाजत दिएपछि सामाजिक विकास मन्त्रालयले ३९ लाखका दरले ुबी ग्रेडु का एम्बुलेन्स खरिद गरेको हो। एम्बुलेन्स खरिद गरी यातायात व्यवस्था कार्यालयमा दर्ता प्रक्रिया अगाडि बढेको मन्त्रालयले जनाएको छ। सुदुरपश्चिम प्रदेशका ७ वटा पहाडी जिल्ला, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, अछाम, बाजुरा र डोटीमा प्रदेश सभाका १६ निर्वाचन क्षेत्र छन्।
हरेक निर्वाचन क्षेत्रको एउटा स्थानीय तहलाई मर्मत र चालकको व्यवस्था गर्ने गरी एम्बुलेन्स हस्तान्तरण हुनेछन्। सबै एम्बुलेन्स ुबी ग्रेडु का खरिद गरेको मन्त्रालयका सह९सचिव तथा प्रवक्ता झंकरबहादुर विष्टले जानकारी दिए।
सुदूरपश्चिममा ुबी ग्रेडु को अहिलेसम्म एउटा पनि एम्बुलेन्स थिएन। सहसचिव विष्टले दसैं अगाडी सम्बन्धित संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरिने बताए। सुदूरपश्चिमका पहाडी जिल्लामा एम्बुलेन्स नहुँदा धेरै बिरामीले अकालमा ज्यान गुमाउनु परेको थियो। मन्त्रालयले यसअघि एम्बुलेन्स खरिदका लागि अन्र्तराष्ट्रिय टेण्डर प्रकाशित गरेको थियो। एम्बुलेन्सको टेण्डर भारतको टाटा कम्पनीले पाएको थियो। ुबी ग्रेडु को एम्बुलेन्समा सबै आकस्मिक उपकरणसँगै ट्राभलिङ भेन्टिलेटर, अटोमेटेड एक्सटर्नल डिफ्राइब्रिलेटर, चेस्ट ड्रेनेज ट्युब, हेमो स्टेटिक सेटबाहेक ुए ग्रेडुका सबै उपकरण र सुविधा हुन्छन्।
सरकारले गरेको वर्गीकरण अनुसार ुए ग्रेडु को एम्बुलेन्समा स्टेथोस्कोप, रक्त चाप नाप्ने मेसिन, टर्चलाइट, जिब्रो थिच्ने लगायतका सबै आकस्मिक उपकरण हुन्छ। आईभी ड्रिप, क्यानुवल र सिरिन्ज, ईसीजी र अक्सिजन मनिटर, इनट्युबेसन सेट, एम्बुब्याग, ट्राभलिङ भेन्टिलेटर, नेबुलाइजर सेट, सर्भाइकलकलर, सीपीआर बोर्ड ए ग्रेडु को एम्बुलेन्समा हुने गर्छ।
अझ अक्सिजन आपूर्ति, अटोमेटेड एक्सटर्नल डिफ्राइ ब्रिलेटर, ओबी किट, स्प्लिन्ट्स, केथेराइजेसन सेट, चेस्ट ड्रेनेज ट्युब, हेमो स्टेटिक सेट पनि ुए ग्रेडुमा अनिवार्य छ। यस्तै धुने उपकरण, ह्वीलचियर र ट्रली, रेडियो सञ्चार, फोर जीभएको मोबाइल उपकरण समेत हुन्छ। एम्बुलेन्सका चालक प्राथमिक उपचारको तालिम प्राप्त हुनुपर्छ भने यसमा आकस्मिक औषधिमा तालिम प्राप्त डाक्टर रहनुपर्ने व्यवस्था छ।
सबै खाले एम्बुलेन्सको हकमा चालक आकस्मिक उपचार तालिम प्राप्त हुनुपर्ने व्यवस्था छ। सुदूरपश्चिममा ुसी ग्रेडु को सुविधा भएका एम्बुलेन्स पनि पर्याप्त छैनन्। सी ग्रेडु को एम्बुलेन्समा प्राथमिक उपचारका सामग्री, अक्सिजन सिलिन्डर, फलो मिटर, मास्क भएको वा आवश्यक परे राख्न सकिने सवारी साधन हुन्छ।
नसामा सुई दिन सक्ने व्यवस्थाका साथै शैया समेत बनाउन सकिने स्ट्रेचर, स्टेथोस्कोप, रक्त चाप नाप्ने यन्त्र, टर्चलाइटको व्यवस्थापनि ुसीु वर्गको एम्बुलेन्सको मापदण्ड हो।सुदूरपश्चिमका अधिकांश स्वास्थ्य संस्थाका एम्बुलेन्समा साइरन र अक्सिजन सिलेन्डर बाहेकका उपकरण छैनन्।
मन्त्रालयले दिएको जानकारी अनुसार बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र र टाटे स्वास्थ्य चौकी, दार्चुलाको हिकिला र खार, बैतडीको रुद्रेश्वर र कुलाउ, बझाङको मटेला र रायल तथा डडेल्धुराको भागेश्वर र नवदुर्गा स्वास्थ्य चौकीमा एम्बुलेन्स वितरण हुनेछन्।
त्यस्तै डोटीमा, जिल्ला अस्पताल र चमारा स्वास्थ्य चौकी, अछामको जिल्ला अस्पताल र बाब्ला स्वास्थ्य चौकीलाई संयुक्त रुपमा एक एम्बुलेन्स, अछामकै बान्नीगढी र विनायक स्वास्थ्य चौकीलाई पनि संयुक्तरुपमा एउटा एम्बुलेन्स हस्तान्तरण हुनेछ।

