धनगढी, २८ मंसिर/ अत्तरिया–मोहना ६ लेन सडक खण्डमा उल्टोबाट सवारी चलाएमा कारबाही हुने भएको छ । सडक दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीले जरीवान लगाउने भएको हो ।
निर्माणाधिन उक्त सडकमा विपरीत दिसाबाट सवारी चलाउँदा दुर्घटनाको जोखिम बढेकाले त्यसलाई रोक्न उल्टो लेनमा सवारी चलाउनेलाई कारवाहि गरिने भएको हो ।
निर्माणकार्य चलिरहेका ठाउँ बाहेकका क्षेत्रमा लेनको सहि प्रयोग गराउन लागिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख बामदेव गौतमले बताए ।
उनले पहिलो चरणमा उल्टो लेनमा हिड्नेलाई सम्झाई–बुझाई गर्ने काम भईरहेको र पुस १ गते देखि भने नियम पालना नगर्नेलाई जरिवाना गराईने बताए ।