टेक सिँह धामी/ धनगढी, मंसिर २८/ बैतडीको देहीमाडौँ बजारमा खुट्टाले च्यापेर पानी आउने टङ्याक्की जडान गरीएको छ ।
सामाजिक संस्था रुडेस बैतडी र अक्सफाम नेपालको सहयोगमा खुट्टाले च्यापेर पानी आउने ट्ङयाक्की जडान गरीएको हो । सेवाग्राहीहरुलाई कोराना भाइरसको संक्रमणबाट बच्न सहयोग मिलोश भन्ने उदेश्यले दशरथचन्द नगरपालीका २ देहीमाण्डौ बजारमा खुट्टाले च्यापेर पानी आउने टङ्याक्की जडान गरिएको रुडेसका कार्यकारि निर्देशक गोबिन्द राज जोशीले जानकारि दिए ।
जडित मेशिनलाई खुट्टाले च्यापेछी पानी र जेल आउँछ । बजार क्षेत्रमा भिडभाड हुने भएकोले संक्रमणबाट बच्न मेसिन जडान गरीएको हो । ट्याक्कीमा हात धुने हेण्डवाश तथा बालमैत्री धारा जाडान गरीको छ । जडान गरिएको धाराले सरसफाइ गर्न सजिलो हुने र यसबाट कोरोनाको संक्रमणबाट जोगाउने अपेक्षा गरिएको छ।
देहीमाण्डौ बजार ब्यवस्थापनका पधाधिकारी तथा व्यपारीहरु सर्वसाधारणको उपस्थीतीमा उद्घाटन तथा हात धुने नमुना प्रर्दशन गरीएको हो । रुडेस बैतडी का कार्यकारी निर्देशक गोविन्द राज जोशीले नगरपालीको भिडभाड हुने स्थानमा हात धुने मेसिन जडान गरीएको बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय बैतडी ,जिल्ला प्रशासन कार्यालय बैतडी, दशरथचन्द नगरपालिका, नेपाली सेनाको ब्यारेक , गढी, साहीलेक , गोठलापानी , देहिमाडाैँमा मेसिन जडान गरिएको हो।