धनगढी,२७ मंसिर- सहकारीले देशभर ठूलो रोजगारीको सिर्जना गरेको जिल्ला सहकारी संघ कैलालीका सल्लाहकार संयोजक भोजबहादुर बमले बताएका छन् ।
शनिबार धनगढी स्थित हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाको १२ औं साधारण सभामा प्रमुख अतिथिको अाशनबाट बोल्दै सल्लाहकार संयोजक बमले भने,‘देशमा बढ्दै गएको बेरोजगारी समस्यालाई सहकारीले केही हदसम्म समाधान गरेको छ ।’ उनले सहकारीले समाजमा ठूलो परिबर्तन गरिरहेको बताउँदै सहकारीले समुदायमा सामाजिक, आर्थिक परिवर्तनमा योग्दान गरेको उल्लेख गरे ।
कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सहकारी महाशाखा प्रमुख देवराज पन्तले सहकारीले कृषि, शिक्षा लगायतमा योग्दान गरेको चर्चा गरे । उनले भने –‘सहकारीकारीले आफ्नै सदस्यहरुमा लगानी गर्नुपर्छ, सेवा सबैलाई दिए पनि सेयर सदस्यलाई फाईदा पुग्ने खालका कार्यक्रम संचालन गर्नुपर्छ ।’ कार्यक्रममा लेखा समिति संयोजक पुष्पराज ओझाले पाँच लाख २५ हजार शेयर पुँजीबाट सञ्चालन भएको सहकारीको अहिले दुई करोड १७ लाख ४१ ह्जार सात सय शेयर पुँजी रहेको बताए ।
सहकारीमा हालसम्म दुई हजार तीन सय १४ शेयर सदस्य, १८ लाख ५८ हजार नौ सय ९५ जगेडा कोष, ६५ लाख ७७ हजार तीन सय ५३ जोखिम कोष रहेको जनाइएको छ । संस्थाले ५१ करोड ७० लाख ७८ हजार तीन सय ११ रुपैया चालु आर्थिक वर्षमा वचत संकलन गरेको छ भने ४४ करोड ५७ लाख ५१ ह्जार नौ सय ९० वचत फिर्ता गरेको छ । १९ करोड ६१ लख ८८ हजार आठ सय ९० ऋण लगानी गरेको सहकारीले ११ करोड २९ लाख ९६ हजार एक सय ९४ ऋण असुल गरेको छ ।
सहकारीसंग तीन करोड २३ लाख २० हजार चार सय ४८ स्थिर सम्पति रहेको जनाइएको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ मा चार करोड ४३ लाख ६७ हजार चार सय ७ रुपैयाँ आम्दानी गरेको छ भने चार करोड २१ लाख ७९ हजार दुई सय ७ रुपैया खर्च गरेको छ । कार्यक्रममा सहकारीका प्रबन्धक महेन्द्र शाहीले संस्थाले गरिरहेको गतिबिधि तथा बिभिन्न विवरण प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संचालक समिति सदस्य बिमलकुमार जोशीले गरेका थिए ।