लम्की २७ मंसिर: लैङ्गिक हिंसाको १६ दिने अभियान अन्र्तगत जानकी गाउँपालिकाका महलिाहरुले गाउँपालिकामा महिलाहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् । गाउँघरमा महिला माथि हुने हिंसा न्यूनिकरण गर्नका लागि ध्यानाकर्षण पत्र बुझाएको जनाएको छ ।
गाउँपालिका भित्रका महिला सहकारी, महिला संजालका प्रतिनिधिहरुको उपस्थितीमा सो ध्यानाकर्षण पत्र बुझाएका हुन् ।गाउँपालिकाले विपन्न महिलाका लागि लघुउद्यम तथा आयआर्जनका कार्यक्रम ल्याउनुपर्ने पिडित महिलालाई न्याय दिलाउन पहल गर्नुपर्ने, शिक्षा, स्वास्थ्यका आधारभूत आवश्यकता पूर्ति गर्नुपर्ने लगायत माग राखी ध्यानाकर्षण बुझाईएको तरङ्ग महिला एकता समाजका अध्यक्ष विमला जोशीले बताउनुभयो ।
गाउँघरमा हुने महिला हिंसा न्यूनिकरण गर्नका लागि ध्यानाकर्षण पत्र बुझाइएको मेलमिलाप बचत ऋण सहकारीसंस्थाका सचिव सावित्री कठरियाले बताउनुभयो । मागपत्र बुझ्दै गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले महिला हिंसा न्यूनिकरणका लागि गाउँपालिका जिम्मेवार रहेको बताउँदै अन्यायमा परेका महिलालाई न्यायीक समितिसम्म पुग्ने वातावरण बनाउन समुदायमा क्रियाशिल संघसंस्था र अधिकारकर्मी महिलालाई आग्रह गर्नुभयो ।