धनगढी, मंसिर २७ / वि.सं. २०७७ साल मंसिर २७ गते । शनिबार । इ.स.२०२० डिसेम्बर १२ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत् ११४१ । मंसिर कृष्णपक्ष । तिथी– त्रयोदशी,२६ बजेर २८ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–विशाखा,२७ बजेर २५ मिनेट उप्रान्त अनुराधा । योग–अतिगण्ड,११ बजेर ३३ मिनेट उप्रान्त सुकर्मा । करण–गर,१५ बजेर ३७ मिनेट उप्रान्त वणिज,२६ बजेर २८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–तुला,२१ बजेर ४९ मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४६ मिनेटमा, सूर्यास्त १७ बजेर ०८ मिनेटमा । दिनमान २५ घडी ५४ पला । शनि–प्रदोष व्रत। काठमाडौंको पशुपतिक्षेत्र, नुवाकोटको तारुकाघाट, झापास्थित शताक्षीधाम र अर्जुनधारा, रामेछापको त्रिवेणी, खोटाङस्थित हलेसी महादेवस्थान लगायत शिवालय एवं तीर्थस्थानहरूमा बाला चतुर्दशी मेला सुरु।
मेष:-( चू,चे,चो,ला,लि,लू,ले,लो,अ )
आफ्नै बलबुताले व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सम्पती संग्रह गर्न सकिने छ । बिगतका कमजोरिहरुलाई सुधार गर्दै सफलताको मार्गमा पाईला चाल्न सकिने छ । पढाईलेखाईमा भनेजस्तो सफलता हात पार्न सकिने हुँदा आफन्त तथा साभिभाईहरुबाट बधाईको ओईरो आउने छ । भौतक सम्पतिको प्रयोग गर्न पाईने तथा विलाशी बस्तुको उपयोग मार्फत अरुको मन आफुनिर तान्न सकिने छ ।
बृष:- ( ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो )
विवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु स्वत स्फूर्त रुपमा सकारात्मक दिशामा अगाडी बढ्नेछ । पढाईलेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । मायाप्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिने तथा जीवन साथिसँग रमाईलो यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
मिथुन:-( का,की,कू,घ,ङ,छ,के,को,हा )
सन्तान तथा परिवारले तपाईको काममा खासै सहयोग गर्ने छैनन् भने तपाईको आलोचना गर्नेहरु बढ्ने ग्रहयोग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । मायाप्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नी बीच मनमुटाब बढ्नेछ । व्यापार व्यवसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धीहरुको अवरोधले फाईदाको सम्भावना टरेर जानेछ ।
कर्कट:- ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो )
माया प्रेममा सामान्य खटपटको योग रहेकोछ भने जीवन साथिको असहयोगले कामहरु समयमा सम्पन्न हुने छैनन् । राजनीति तथा समाजसेवामा प्रशस्त समय खर्चिएपनि उपलब्धी न्युन हुनेछ । समय तथा परिस्थितिको अध्ययन बिना चल्नाले दुख पाईनेछ । व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल पाउन निकै नै संघर्ष गर्नुपर्नेछ । पढाईलेखाइमा समय दिन नसक्दा अरु भन्दा पछी परिने चिन्ताले सताउनेछ ।
सिंह:-( मा,मी,मू,मे,मो,टा,टी,टू,टे )
समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो बर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदुपयोग गरी भाग्य बृद्धी गर्न सकिने साथै दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाई तथा आफन्तको सहयोग हुने हुँदा मन प्रशन्न हुनेछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ । छोटो,रमाईलो तथा उपलब्धीमुलक यात्रा हुने अधिक सम्भावना रहेको छ ।
कन्या:- ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो )
व्यवसायमा नाँफा कमाउन अरु दिन भन्दा बढी समय खर्चनु पर्नेछ । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैया पैसाको व्यवस्थापन गर्न गाह्रो हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनैपनि प्रस्तुतिमा भाग लिदा प्रशस्त तयारी गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुनेछ । तयारी बिना नै प्रश्तुत गरिने कुनै पनि योजना विफल हुन सक्छ ध्यान दिनुहोला ।
तुला:- ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )
क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउन सकिने छ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडी छोडेर अग्र पंतिमा आउन सकिने छ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ ।
बृश्चिक:- ( तो,ना,नी,नू,ने,नो,या,यी,यू )
आफन्त तथा दाजुभाईसँग सामान्य कुरामा राज बाजिनेछ भने सम्यमित नभए अप्रिय भट्ना घट्न सक्छ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला सामान्य क्षती हुने योग रहेकोछ । आफुलाई सहयोग परेको बेला सहयोग गर्नेहरु कमै भेटिनेछन् । पढाईलेखाईमा प्रशस्त समय खर्चिएपनि भनेजस्तो नतिजा आउने छैन । लगानी गर्न खोज्दै हुनुहुन्छ भने केही समय पर्खनु नै उचित हुनेछ ।
धनु:- ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे )
व्यवसाय फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेकोछ । बिशिष्ट व्याक्तीहरुको भेटघाटले व्यवसायमा लगानी बढाउन सहयोग पुग्नेछ । सामाजिक क्षेत्रमा तपाईलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरु समयमा गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ ।
मकर:- ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )
पैत्रिक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैत्रिक सम्पतिको प्रयोग गरि आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । नया काम पाउने तथा नोकरिमा उच्च पद प्राप्तीको गतिलो सम्भावना रहेको छ । लक्ष्य प्राप्तीको लागि चालिने पाईलाहरु सकारात्मक दिशामा अगाडि बढ्नेछन् । पढाईलेखाई अरुभन्दा एक कदम अगाडी नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।
कुम्भ:- ( गू,गे,गो,सा,सी,सू,से,सो,दा )
साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भएपनि बिफल हुने ग्रहयोग रहेकोछ । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईको निम्न स्तरको सहभागिता रहनेछ ।
मीन:- ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अनावश्यक विषयमा बिवादमा फस्ने योग रहेकोछ ख्याल गर्नुहोला । सवारीसाधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला दुर्घटना हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आई दैनि कामहरु प्रभावित हुने हुनाले आर्थिक संकटको सामना गर्नु पर्नेछ । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनीसँग सामान्य कुरामा मनमुटा बढ्नेछ । माया प्रेममा गोप्य कुरा मनमा राख्न नसक्दा मनमुटाब बढ्नेछ । तपाईको दिन शुभ रहोस् ।