काठमाडौं, मङ्सिर २६/ बिगतका बर्ष देखि सामाजिक काममा सक्रिय युवाहरुको सँस्था हाम्रो टिम नेपालले बाढी ,पहिरो पीडित, सडकमा भोकै रहेका आम नागरिकलाई विभिन्न अभियानताहरुको सहयोग र समन्वयमा राहत प्रदान गर्दै आएको छ ।हाम्रो टिम नेपालले लकडाउन(बन्दाबन्दी) सुरु भए पछी निरन्तर चैत १४ गते देखि निशुल्क अहिलेसम्म पनि थापाथलिमा खाना तथा खाद्यान्न वितरण गर्दै आएको छ ।
यस्तै गरि हाम्रो हिजो कालिकोट पुगेर आगलागी पिडितलाइ राहत वितरण गरेको छ करिब ३ दिनको कठिन यात्रा पछि ३ घन्टा राहत सामाग्री लाई पैदल बोकेर उक्त ठाउ पुगेर बितरण गरेको सस्थाका सचीव लक्ष्मण धामीले जानकारि दिए।
राहत सामाग्री बोकेर कालिकोट जिल्ला तिलागुफा नगरपालिका वडा न.४ ,राचुलि को दलित बस्तिमा रहेका १३ घरपरिवार लाई खाद्यान्न , सिरक डसना , लगायत अत्यावश्यक बस्तु ,३७ जना स साना बालबालिकाहरुलाई न्यानो लुगा साथ साथै महिला पुरुष गरि ४१ जनालाइ पनि ज्याकेट ट्राउजर वितरण गरेको छ ।सस्थाले बिगतमा सिन्धुपाल्चोकका पहिरो पीडितलाई आवश्यक समन्वय गरि राहत बितरण गरेको थियो ।