धनगढी, मंसिर २५/ डोटीमा लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न भएको छ। डोटीको बडिकेदार गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानले पुर्णता पाएको हो।
लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, ब्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने नाराका साथ मंसिर १० गते बाट सुरु भएको १६ दिने अभियानको समापन कार्यक्रममा बोल्दै डोटीको बडिकेदार गाउपालिकाका अध्यक्ष कृष्ण ब चन्दले महिला हिंसा महिलाहरुबाट नै अन्त्य हुनुपर्ने बताए ।
पुरुषहरुले त महिला माथी हिंसा गर्छ्न तर हाम्रो समाजमा चाहिँ महिलाले महिला माथी नै हिंसा गर्ने गरेको कारणले पहिला महिला माथी महिलाले गरिने हिंसाको अन्त्य गर्नु जरुरी रहेको अध्यक्ष चन्दले बतााए ।
समाजमा सबैभन्दा बढी महिला हिंसाका घटनाहरु जाडरक्सीले बढी घटाउने गरेका कारण सबै महिलाहरुले एकजुट भएर जाड रक्सी जुवातास बन्द गर्ने कार्यमा सबै विद्यार्थी, कर्मचारी, शिक्षक, पत्रकार, बुद्धिजिबिले महिला हिंसा अन्त्यको लागि सबैले लाग्नु पर्ने र आफू सधै महिला हिंसा अन्त्यको लागि प्रतिबद्ध रहेको समेत अध्यक्ष चन्दले बतााए ।