धनगढी, मंसिर २३/ नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव योगेश रावललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।मंगलबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा रावललाई संक्रमण देखिएको हो।
महासचिव रावलले आफ्नो फेसबुक पोस्टमा कोरोना पुष्टि भएको जानकारी गराउँदै लेखेका ‘अन्ततः कोभिड–१९ को संक्रमणबाट अछुतो रहन सकिएन, स्वास्थ्य अवस्था सामान्य छ ।’ साथै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत रहन समेत आग्रह गरेका छन् ।