धनगढी, २१ साउन- धनगढीमा नेपाल आईस समर म्युजिकल नाईट हुने भएको छ । आउँदो साउन २४ गते शुक्रबार धनगढीको आफ्नो घर टेम्पल रिर्सोटमा नेपाल आईस समर म्युजिकल नाईट हुन लागेको हो । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुती तथा नाचगान सहितको म्युजिकल नाईट हुन लागेको आज धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।
नेपाल आईसको मुख्य प्रायोजनमा हुने कार्यक्रम शुक्रवार ६ बजेदेखि सुरु हुने आयोजक समितीका संयोजक दिनेश भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल आईडलका प्रतिस्पर्धीहरु रवि शर्मा, सुमित देउवा, रमेश अर्याल लगायतका कलाकारहरुको सांगितीक प्रस्तुती रहने संयोजक भण्डारीले बताउनुभयो ।
कार्यक्रमा रिदम व्याण्ड, निराश सनम, सुदुरपश्चिमका ¥यापर समुह, ¥यापर अका उमेश, मिष्टर लोकेशका साथै नृत्य समुहको पनि प्रस्तुति रहने छ ।
