धनगढी, २२ मंसिर/दार्चुलामा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका ५ न्वालीका २४ वर्षिय शेर सिह कार्कीको परीचय खुलेको छ ।
बाकि दुई जनाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख पदम बहादुर विष्टले जानकारी दिए।
गोकुलेश्वर बाट सदरमुकाम खलंगा तर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक मालिकार्जुन गाउपालिका १ भर्ताेला भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।
गएराती १० बजे दुर्घटनामा परेको ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको छ ।