धनगढी, १९ मंसिर/ बैतडीमा १० किलो चरेशसहित १ जना पक्राउ परेका छन्।
गएराति जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रबाट सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह (आरआइटी) को टोलीले १० किलो लागु औषध चरेशसहित १ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ का ३० वर्षीय मानबहादुर धामी रहेको प्रहरीले जनाएको छ। धामीलाई पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट पक्राउ गरिएको क्षेत्रिय अनुसन्धान समूहले जनाएको छ।
धामीलाई जिल्ला प्रहरी कार्यालय बैतडीको जिम्मा लगाइएको छ।
