मंसिर, १७ बौनिया/ सुदूरपश्चिम प्रदेशको भुमी ब्यबस्था, कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीले बर्दगोरियामा संचालित योजनाहरुको निरीक्षण गरेकी छन । बुधबार मन्त्रालय अन्तर्गतको कृषि बिकाश निर्देशनालय बाट संचालित बायो फ्ल्याक मत्स्य पालन र पुष्प खेतीको निरीक्षण गरेकी हुन ।
बर्दगोरिया गाउपालिका कैलाली वड नम्बर ६,५ को मत्स्यपालन र १/२ नम्बर वडामा रहेको पुस्प खेतीको निरीक्षण गरिन । निरीक्षणको क्रममा मन्त्री चौधरी ले किसान समस्या र आगामी दिनमा मन्त्रालय ले सुधार गर्नु पर्ने सुझाव समेत लिएकी छ्न । उनले प्रदेश सरकारले जनता घरदैलोमै रहेको बताइन ।
किसानहरु जिवनस्तर माथी उकास्न सरकार नयाँ प्रबिधि अघि सारेको बताइन् । किसान लाई समयमै मल खाद्को ब्यब्स्था गर्न आफू लागी परेको सुनाइन ।
यस्तै युवा किसान नवीन जोशीले पुस्प खेती बाट एक लट्मा राम्रो आम्दानी गर्न सकेके भन्दै आवस्यक चिस्यान केन्द्रको माग गरे । उनले सरकारले धानको मुल्य तोके पनि किसान पाउन नसकेको गुनासो गरे ।
कृषि बिकास निर्देशक यज्ञराज जोशीले मन्त्रालय बाट बिनियोजन भएका योजनाहरुले देखिने गरि परिणाम दिएको बताए ।


