चक्र मल्ल/
डोटी, १७ मंसिर/डोटीको बडिकेदार गाउँपालिकामा वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्ड र गाउँकार्यपालिकाका पदाधिकारीकालागि गाउँपालिका र ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाको आयेजनामा एक दिने वार्षिक समिक्षा गोष्ठी एवम खानेपानि सरसफाई तथा स्वच्छता व्यवस्थापन पद्धति सम्बन्धि अभिमुखीकरण सम्पन्न भएको हो ।
कार्यक्रममा खानेपानी तथा सरसफाई र कृषिलार्इ व्यवस्थापन मा स्थानिय सरकारका पधाधिकारी लाई जानकारी गराईएको थियो ।
यस्तै कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर चन्द, उपाध्यक्ष इन्द्रा बोहरा भाट , गाउँपालिकाका पाचै वडाध्यक्ष लगायत अन्य जनप्रतिनिधि, कर्मचारी र संघ संस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो ।
कार्यक्रमको सहजीकरण केदार ग्रामिण विकास समाज नेपालको रहेको थियो ।