• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

आफ्नै बलात्कारीलाई छुटाउन माग गर्दै पीडितले दिइन् निवेदन, प्रलोभनमा परेको आशंका

धनगढी, १७ मंसिर/ अछामको पञ्चदेवल विनायक नगरपालिका–६ का मोहनबहादुर रावल बलात्कार मुद्दामा दोषी ठहर भएर कारागारमा छन् ।

जिल्ला अदालत अछामले रावललाई २२ फागुन २०७६ मा दोषी ठहर गर्दै सात वर्ष छ महिना कैद र दुई लाख ५० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो ।

तर, फैसलाको ७ महिनापछि यो मुद्दामा अपत्यारियलो घटनाक्रम देखिएको छ । जिल्ला अदालतबाट दोषी ठहर भइसकेका व्यक्ति निर्दोष रहेको भन्दै पीडित महिलाले नै उच्च अदालत दिपायलमा निवेदन पेस गरेकी छन् । उनको निवेदनमा दोषी प्रमाणित भएर जेलमा रहेको मोहनबहादुर रावलले आफूलाई बलात्कार नगरेको उल्लेख छ ।

मुद्दाको क्रममा पीडितलाई पीडकले धम्की–दवाव दिने वा प्रलोभनमा पार्ने प्रयास गर्छन् नै । तर, अदालतबाट दोषी प्रमाणित भएर जेल परिसकेका पीडकको पक्षमा पीडितको निवेदन आउनुलाई अनौठो मानिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी नायव उपरीक्षक मुकेशकुमार सिंह सबुत प्रमाणका आधारमा कैद र क्षतिपूर्ति दिलाउने फैसला भइसकेको मुद्दामा पीडित नै बलात्कार भएको होइन भन्दै आउनुमा दवाव वा प्रलोभनले काम गरेको देख्छन् ।

आफन्तहरूले पनि पीडित महिलाका प्रलोभनमा परेको शंका गरेका छन् ।

निवेदनको कानूनी हैसियत स् प्रमाण शून्य

पीडित महिलाको निवेदनमा ‘मेरो जाहेरी दरखास्त, घटना विवरण, कागज र बकपत्रमा भएको ब्यहोरा झुटो हो । निज प्रतिवादी निर्दोष व्यक्तिलाई फसाउनु भन्दा न्याय पु¥याउनको लागि अदालत समक्ष मेरो सत्य तथ्य भनाइ पेस गरेको छु’ भनिएको छ ।

बलात्कारजस्तो सरकारवादी मुद्दामा पीडितको निवेदनले कानून अर्थ भने राख्दैन । कानुनका जानकारहरुका अनुसार, यस्तो मुद्दा दर्ता भइसकेपछि जाहेरवाला नेपाल सरकारको गवाह मात्र हुन्छ । हुनपनि, अन्य प्रमाणले अपराध ठहर गरेको छ भने पीडितले बयान फेर्दैमा बलात्कारीलाई छाड्न नमिल्ने नजीर नै स्थापित छ ।

२०६६ सालमा हडिया–६, उदयपुरका नारायण राउतको मुद्दाको फैसलामा सर्वोच्च अदालतले भनेको छ– अन्य प्रमाणबाट कसूर गरेको भन्ने पुष्टि भइरहेको अवस्थामा केवल पीडित तथा अनुसन्धान अधिकारीसमक्ष कागज गर्ने व्यक्तिहरूले पहिला आफूले भनेको भनाइको विपरीत हुने गरी गरेको बकपत्रको आधारमा मात्र प्रतिवादीलाई सफाइ दिँदै जाने हो भने पीडित तथा अन्य व्यक्तिउपर अनुचित प्रभाव पार्न सक्ने र अपराधीहरूले कहिल्यै सजाय पाउने अवस्था नआई दण्डहीनताको स्थिति सिर्जना भई अन्ततः समाज नै अराजकतातर्फ जानसक्दछ ।’

‘उच्च अदालतले जिल्लाको प्रक्रिया मिलेको छ, छैन भनेर हेर्ने हो’, सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्ती भन्छन्, ‘यस्तो मुद्दामा जाहेरीवालाको निवेदन वा सिफारिस प्रमाण शून्य हुन्छ ।’

के थियो पीडितको बयान

१६ साउन २०७६ मा प्रतिवादी मोहनबहादुर रावल राति ११ बजेको समयमा एक्कासी मेरो घरमा म सुतेको कोठामा आई मलाई र मेरा छोराछोरीहरूको समेत ज्यान मार्ने धम्की दिइ, डर त्रास देखाइ, मेरो इच्छा विपरीत जबरजस्ती करणी गरेका हुन् ।

प्रतिवादीले जबरजस्ती करणी गरे पश्चात मलाई जति बेला पनि करणी गर्न दिनुपर्छ नत्र जे पनि गर्न सक्छु भनी डर देखाई गएको हो । उक्त राति निजको डरले सो कुरा कसैलाई भनेको होइन । निजलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ बमोजिम सजाय गरी क्षतिपूर्तिसमेत गरी गराइ भराइ पाऊँ ।

बुधबार, मङि्सर १७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.