धनगढी, १७ मंसिर/ बैतडीको पञ्चेश्वर गाउपालिकाको एक प्रहरी चौकीमा झडप हुदा एक जना गम्भीर घाइते भएका छन ।
गाउँपालिका ५ को बलारा प्रहरी चौकीमा स्थानिय स्थानियबिच झडप हुदा एक जना गम्भीर घाइते हुनुका साथै प्रहरी चौकीमा तोडफोड समेत भएको छ ।
३ दिन अघि गणमेश्वर मेलामा एक महिलालाई जिस्क्याएको बिषयमा स्थानिय बिच अघिल्लो दिन बिवाद भएको थियो । सोहि बिवाद लिएर मंगलबार प्रहरी चौकीमा पुगेका दुई पक्षबिच भडप हुदा स्थानिय लोकेन्द्र चन्द गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक नारायण प्रशाद अधिकारीले जानकारी दिए । उनलाई आज धनगढी रेफर गरिएको छ ।
प्रहरी चौकीमा तोडफोड पनि भएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।