कञ्चनपुर। कञ्चनपुरमा लोकसेवा आयोगले लिइरहेको नेपाली सेनाको सिपाहीको परीक्षामा एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
सेनाको सैन्य दर्जाको परीक्षामा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेका डोटीको सायल गाउँपालिका ६ का २२ वर्षीय सुमन खड्कालाई प्रहरीले पक्राउ गरेको हो। खड्का भीमदत्त नगरपालिका ४ स्थित कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रबाट पक्राउ परेका हुन्।
खड्काले बझाङको दुर्गाथली गाउँपालिका ४ का २२ वर्षीय मुकेश भण्डारीको नाममा परीक्षा दिइरहेका थिए। प्रहरीले भण्डारीलाई समेत पक्राउ गरेको छ। परीक्षा दिने र दिन लगाउने दुवैलाई कानुनअनुसार कारवाही हुने प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।