धनगढी, १७ मंसिर- कैलालीको धनगढीका थप २४ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा मंगलबार ३७० जनाको परीक्षण गर्दा धनगढीका थप २४ जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले उपमहानगरपालिकाको वडा नम्बर १ का ८ जना, वडा नम्बर ५ का ५ जना, वडा नम्बर ८ का ३ जना, वडा नम्बर २ का २ जना, यस्तै वडा नम्बर ३, ४, ७, ९ १२ र १५ का १र१ जनामा संक्रमण देखिएको जानकारी दिए।