धनगढी, १५ मंसिर- कोरोनाको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आफ्ना विद्यार्थी चेकजाँचका लागि धनगढी स्थित हिल्वर्ड ईङलिस स्कुलले विद्यालयमा स्वास्थ्यकर्मीको व्यबस्था गरेको छ । कक्षा संचालन अवधी भर विद्यार्थीको स्वास्थ्य अबस्था र उनीहरुलाई कोविड १९बाट साबधानी अपनाउने बिषय जानकारी दिनुको साथै विद्यार्थीको चेकजाँच गर्ने व्यबस्था समेत विद्यालयले मिलाएको हिल्वर्ड ईङलिस स्कुल प्रिन्सिपल डिआर शर्माले जानकारी दिए ।
विद्यालय संचालन संगै यसरी स्वास्थ्यकर्मी नै नियुक्ती गरी व्यबस्था मिलाएको सुदूरपश्चिम पहिलो विद्यालय भएको दावी विद्यालयले गरको छ । विद्यालयले कोरोना महामारीलाई ध्यानमा राखि बिद्यालयमा स्वाथ्यकर्मी नियुक्त गरेर पढाई सुरु गरेका हो । कक्षा १० सम्म संचालित बिद्यालयले बिद्यार्थी तथा शिक्षकको स्वास्थ्यलाई ध्यानमा राखि एचए अर्जुन खड्कालाई स्वास्थ्य कर्मचारीका रुपमा नियुक्ति गरेको छ ।
‘चेकजाँच संगै प्ररम्भिक उपचारका लागि औषधि सहितको डेष्क नै राखिएको छ’बिद्यालयका संचालक एबं प्रिन्सिपल डिआर शर्माले भने–‘औषधिहरु पनि राखेका छौं, स्वास्थ्यकर्मीको पनि ब्यबस्था गरेका छौं, अभिभावकलाई ढुक्क भएर वालवालिका बिद्यालय पठाउने वातावरण बनाएका छौं ।’ उनले कोरोना महामारी रहुन्जेल स्वास्थ्यकर्मीलाई बिद्यालयमै राख्ने ब्यबस्था गरिएको बताए ।
प्रिन्सिपल शर्माले हरेक दिन १० मिनेट बिद्यार्थीहरुलाई स्वास्थ्य संगै कोरोना महामारीका वारेमा जानकारी र सचेतना गराउने गरिएको बताए । उनले बिद्यार्थीको संखया बढीरहेको र संख्या बढ्दै गए दुई सिफ्टमा पढाई संचालन गर्ने तयारी गरिएको बताए । उनले अहिले सामाजिक दुरी कायम गरेर पढाई संचालन गरिरहेको पनि बताए । साथै हरेक बिद्यार्थीलाई बिद्यालयमा तातोपानी खाने ब्यबस्था गरिएको प्रिन्सिपल शर्माले जानकारी दिए ।
हरेक दिन बिद्यालयमा शिक्षक तथा बिद्यार्थी प्रबेश गर्दा थर्मल गनले चेकजाँच गर्ने गरिएको एचए अर्जुन खड्काले बताए । बिद्यालय ब्यबस्थापन समितका अध्यक्ष भोजबहादुर बमले सकभर बिद्यार्थीलाई सुरक्षित राखेर पढाउने प्रयास भईरहेको बताए । उनले भने–‘कोराना महामारीबाट वालवालिकालाई जोगाउन आवश्यक छ, त्यसका लागि सुरक्षका सबै उपाय अपनाएर पढाई संचालन गरेका छौं ।’