धनगढीः कैलालीका ७ सहित सुदूरपश्चिमका थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पताल प्रयोगशालामा सोमबार २९८ जनाको परीक्षण गर्दा थप २४ जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका ६ जनामा संक्रमण देखिएको जानकारी दिए।कैलालीकै ठेगाना नखुलेका १ जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका १३ जना र कृष्णपुर नगरपालिकाका १ जनामा कोराना पुष्टि भएको छ। यस्तै बझाङका २ जना र दार्चुलाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।