धनगढी, २१ साउन- धनगढीमा बम विस्फोट हुँदा घाइते भएका लक्ष्मण सेरेलालाई आज प्रहरीले पक्राउ गरेको छ । साउन २ गते धनगढीको शहीद गेट नजिक निलम होटलमा बम विष्फोट भएको थियो ।
सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका राम सिंह र लक्ष्मण सेरेलाले बोकेको बम विष्फोट भएको थियो । विष्फोटमा परी घाइते राम सिंह घटना भएकै राति उपचारको क्रममा ज्यान गएको थियो भने लक्ष्मणको माया मेट्रो अस्पतालमा उपचार भएको थियो । १९ दिनसम्म प्रहरी निगरानीमै उपचार गरी उनलाई आज जिल्ला प्रहरी कार्यालयमा लगिएको हो ।
उक्त बम विष्फोट घटनामा परी होटल सञ्चालक सहित पाँच जना घाइते भएका थिए । धनगढी उप–महानगरपालिका वडा नम्वर ४ को शहिद गेट नजिकै रहेको निलम होटलमा बम विस्फोट हुँदा बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–१४ का रामबहादुर सिंहको मृत्यु भएको थियो भने अन्य चार जना घाईते भएका थिए। यसअघि बम बिस्फोटमा परि घाईते भएका भारतीय नागरिक मोविन खानलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ।
बिस्फोट हुँदा धनगढी उपमहानगरपालिका ४ का स्थानीय एंव अण्डा तथा कुखुरा व्यवसायी संघ कैलाली अध्यक्ष जितेन्द्र यादव र होटल सञ्चालक केशवराज पाण्डे पनि घाईते भएका थिए। मृतक सिंहले टिफिन बक्समा फिट गरेको बम झोलामा राखेर पिठ्युमा बोक्दै घाईते सेरलासंग होटलमा आएको र भित्तामा ठोक्किएपछि बम बिस्फोट भएको प्रहरीले जनाउँदै आएको छ।
