धनगढी, १२ मंसिर/ युवतीसंग होटलमा रंगेहात समातिएका इलाका प्रहरी कार्यालय मालाखेती प्रमुख डिएसपी भरत चौधरी जिल्ला तानिएसंगै उनको ठाउँमा डीएसपी प्रेम शाहीलाई खटाएको छ।
प्रहरी प्रधान कार्यालयले मालाखेती इप्रकाका प्रमुखमा शाहीलाई खटाएको हो । लागु औषध नियन्त्रण ब्युरोमा कार्यरत शाहीलाई बिहीबार मालाखेतीमा काज सरुवा गरेको हो।
यस अघि मालाखेतीका डिएसपी चौधरी जिल्लालाई खबर नै नगरी मंगलबार राती सम्पर्क विहीन भएपछि उनलाई जिल्ला तानेको थियो ।
घटना सम्बन्धी छानबिन गर्न प्रदेश प्रहरी कार्यालयले एसपीको संयोजकत्वमा समिती गठन गरेको छ भने चौधरीलाई थप कार्बाहीको लागी मुख्यालयमा सिफारिस गरेको छ।