धनगढी, १२ मंसिर/ सिगास किशोरी बलात्कार घटनामा संलग्न दुई जना पक्राउ परेका छन् । पीडितले दिएको किटानी जाहेरीका आधारमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सिगास–३ का अमरसिंह धामी र मनोज धामी रहेको बैतडीका प्रहरी नायब उपरिक्षक नारायण अधिकारीले बताए ।
सिगास घटनामा चार जना बिरुद्ध किटानी जाहेरी परेको छ । जसमध्ये बलात्कार आरोपी दिपक धामी भारततिर फरार भएको प्रहरीले जनाएको छ । भने थप एक जनालाई पक्राउ गर्न प्रहरी घटनास्थल पुगेको छ । उनलाई पनि प्रहरीले छिट्टै नियन्त्रणमा लिइने डिएसपी अधिकारीले बताए ।
‘प्रहरी अनुसन्धान सुरु गरिसकेको छ’ डिएसपी अधिकारीले भने ‘अपराधमा संलग्न जो कोही पनि उम्कदैनन् ।’ यसअघि सिगासकै अर्को बलात्कार घटना सार्वजनिक हुने बित्तिकै एक्सनमा गएर वाहवाही पाएका डिएसपी अधिकारीले यो घटनामा पनि प्रहरी नचुक्ने बताएका छन् ।
