धनगढी, १२ मंसिर/कञ्चनपुरमा घाँटीमा तारको पासो बेरिएको अवस्थामा १ जना मृत फेला परेका छन।
भीमदत्त नगरपालिका वडा नम्बर ४ महेन्द्रनगरस्थित भानु पार्टी प्यालेस नजिकै शुक्रबार बिहान १ जना मृत फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले मृत भेटिएका युवकको पहिचान खुल्न नसकेको बताए।
‘बिहान ६ बजेर ५० मिनेटको समयमा भानु पार्टी प्यालेस नजिकै टेलिफोनको जस्तो देखिने तारको पासोले घाँटी बेरेको अवस्थामा युवक मृत भेटिएका हुन,’ उनले भने, ‘तर पहिचान खुल्न सकेको छैन। अहिले घटनास्थल कार्य भइरहेको छ। ’
उनको हत्या आशंकामा प्रहरीले अनुसन्धान थालेको छ। यस्तै प्रहरीले आसपासका क्षेत्रमा रहेका सीसी क्यामेरा फुटेजको समेत विश्लेषण थालेको छ।
उनका अनुसार युवकको हत्या आशंकामा अनुसन्धान अगाडी बढाइएको हो। तर ती युवकको पहिचान भने हुन सकेको छैन।