• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

दुई पत्रकारले फिर्ता गरे ‘बार्गेनिङ’ गर्दै अशुल गरेको रकम

धनगढी,१० मंसिर/कैलालीका दुई पत्रकारले ‘बार्गेनिङ’ गर्दै अशुल गरेको रकम फिर्ता गरेका छन् । नाईस टेलिभिजनका सुदूरपश्चिम ब्युरो प्रमुख हिमेश बिक र नाईस टेलिभिजनमै आबद्ध गोविन्द विसीले ‘बार्गेनिङ’ गरेर अशुल गरेको रकम फिर्ता गरेका हुन ।

उनिहरुले कैलालीको गौरीगंगा नगरपालिका–१ स्थित श्री वास्तव मेडिकल हलका सञ्चालकबाट असुल गरेको २८ हजार रकम फिर्ता गरेका छन् । ‘धम्क्याएर बार्गेनिङ गर्दै पैसा असुल्ने कैलालीका दुई पत्रकारका घटना बाहिरिए’ शिर्षकमा सुदूरपत्रमा समाचार प्रकाशन भएपछि उनिहरुले रकम फिर्ता गरेका हुन ।

मेडिकल सञ्चालक कमलेश सक्सेनाकी श्रीमती लिला सुनारबाट अशुल गरेको २५ हजार र उनको खाजा खाएबाफतको तीन हजार फिर्ता गरेका हुन । सक्सेनाले आफुबाट बिक र बिसीले असुल गरेको रकम फिर्ता गरेको बताएका छन् ।

उनिहरुले सुरुमा दुई लाखमा ‘बार्गेनिङ’ गरेको र पछि एक लाख रुपैयाँ दिनुपर्ने भन्दै मेडिकल सञ्चालकलाई धम्की दिदै आएका थिए । मेडिकल सञ्चालक सक्सेनाबाट थप ७५ हजार असुल्न धम्की दिएको टेलिफोन संवाद बाहिरिएको थियो ।

यस्तै बिक र बिसीले अन्य ठगी र ‘बार्गेनिङ’ गरेका घट्नाहरु बहिरीएका छन् । उनीहरुले समाचार प्रकाशन गरिदिने भन्दै धम्काउने, पैसा नभएको चेक दिने, उधारो खाएर भाग्ने, विभिन्न बाहना बनाएर ठगी गर्ने जस्ता घटनाहरु बाहिरिएका हुन् ।

केही समय आर्थिक दैनिकमा कार्यरत पत्रकार बिक यस्तै ‘बार्गेनिङ’ का घट्नाहरु बहिरिएपछि निष्कासनमा परेका थिए । यतिबेला भने आर्थिक ‘बार्गेनिङ’ र ठगी गरेका घटनाहरु एकपछि अर्को गर्दै बाहिरिएपछि समग्र पत्रकारिता जगतनै बद्नामित भएको भन्दै सञ्चारकर्मीहरुले पत्रकार बिकलाई कारबाहीको माग गर्दै सामाजिक सञ्जाल रंगाएका छन् ।

पत्रकारहरुले सञ्चारकर्मीकै ग्रुप च्याटमा बिकको आलोचना गर्दै त्यस्ता व्यक्तिलाई बहिस्कार गरिनुपर्ने माग राखेका छन् । पत्रकारकाले गरेका ‘बार्गेनिङ’ र ठगी गरेका घटना बाहिरिएपछि राज्यको चौथो अंग लज्जित बन्नु परेको धनगढीका पत्रकारहरुको भनाइ छ ।

बुधबार, मङि्सर १०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.