धनगढी, १० मंसिर/ बैतडीको पुर्चौडी नगरपालिका–६ भुमिराजको कुवाकोट–सुुईलेक भिरमा १४ वटा गाई भिरबाट फाल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गौहत्यामा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेका बैतडीको पुर्चोडी नगरपालिकाका लक्ष्मण पार्कीले गाईहरुलाई भिरमा फालेको बयान दिएका छन् ।
रातीको समयमा भिरबाट गाईहरुलाई पालैपालो फालेको भनेर बयान दिएको बैतडी जिल्ला प्रहरी कार्यलयका डिएसपि नारायणप्रशाद अधिकारीले बताए ।
लक्ष्मण पार्कीले पाटन नगरपालिकाबाट २९ वटा गाई बेच्न लैजाने भनेर लगेको र १५ वटा गाई लाई बेचेको बाँकि १४ वटा गाईलाई पाटन नगरपालिकाको टिप्परले ढोल्यामोड सम्म लगिएको र राती हुनासाथ भिरबाट फालेको स्विकार गरेको उनले बताए ।
निज पार्कीलाई गौहत्या सम्बन्धि मुद्धाको प्रक्रिया अगाड बढाईएको डिएसपि नारायणप्रशाद अधिकारीले बताए । प्रहरीका अनुसार फरार रहेका अर्का सहयोगी शुरेस पार्कीको खोजी भइरहेको जनाएको छ ।