धनगढी, १० मंसिर/बैतडीको सिगास गाउँपालिका–३ ठुलैसनमा गाउँमै मिलाएको बलात्कारको घटना बाहिर आएको छ । पीडित किशोरीका आफन्तलाई एक तोला सुन दिने प्रलोभन देखाई घटना गाउँमै लुकाएको थियो ।
गत बैशासमा गाउँकै दिपक धामी नाम गरेका युवकले १७ बर्षीय किशोरीलाई जबरजस्ती करणी गरेर थिए । उक्त घटना गाउँका भद्रभलादमी बसेर एक तोला सुन दिने सहमतीमा मिलाएको थियो ।
उनले किशोरीलाई करणी गरेर गर्व बसेपछि गाउँमा घट्ना बाहिरीएको र गाउँका भद्रभलादमी बसेर गाउँमै एक तोला सुन दिने सहमतीमै मिलाएको पिडित किशोरीले बयान दिएकी छन् ।
उक्त घटना गाउँमै मिलाउपछि आफुमाथि बलात्कार गर्ने युवकले पटक पटक कुटपिट र गाली बेज्जती गर्ने गरेको पिडित किशोरीले बयान दिएकी छन् । ति युवकले यातना दिन थालेपछि उजुरी दिन बैतडीको पाटन पुगेको बताइन् ।