धनगढी, ८ मंसिर/कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ स्थित हात्तीबोझामा आइतबार बेलुकी पौने ८ बजेतिरको समयमा पचुईबाट बेलौरीतर्फ आउँदै गरेको अनटेष्ट मोटरसाइकल दुर्घटना हुँदा २० वर्षीय चालक हेमन्त चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए ।
उनलाई उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल ल्याइएकामा राति ९ बजेतिरको समयमा मृत्यु भएको प्रवक्ता थापाले बताए । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
चन्दसंगै मोटरसाइकलमा सवार हात्तीबोझाकै उमेश विष्ट घाईते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।