काठमाडौं ७ मंसिर आइतवार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । आइतवार स्थानिय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रू ३०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू ९४ हजार ३०० मा कारोवार भएको छ ।
अघिल्लो कारोबारको दिन शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू ९४ हजार १०० मा कारोवार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला रू ३०० ले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू। ९३ हजार ८०० मा कारोवार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू। ९३ हजार ५०० मा कारोवार भएको थियो ।
आइतवार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रवार प्रतितोला रू। एक हजार २१० मा कारोवार भएको चाँदीको मूल्य आइतवार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।