धनगढी, ५ मंसिर/ सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार तीन सय १८ जनामा गरिएको परिक्षणमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार क्षेष्ठले जानकारी दिए ।
यस्तैै सेती अस्पतालमा उपचारत थप दुवै जना संक्रमितको मृत्यु भएको छ ।
