धनगढी, ५ मंसिर/ बैतडीको पाटन नगरपालिकाले छाडा चौपाया व्यवथापन गर्ने भन्दै ३४ ओटा गाई गोरु भिरबाट खसालेको छ । नगरपालिकाको टिप्परले खसालेको ३४ गाईगोरुमध्ये ११ गाई मृत फेला परेका छन् ।
जिल्लाको पुर्चौडी नगरपालिका–६ को भुमीराज कुवाकोट सुवाकोट सडकखण्डको भिरबाट खसालेको हो ।
नगरपालिकाको टिप्परले खसालेको ३४ गाईगोरुमध्ये ११ गाई मृत अवस्थामा भेटिएको स्थानिय सिता साउँदले जानकारी दिईन् । गाई मृत अवस्थामा फेला परेपछि स्थानीय जनप्रतिनिधि तथा प्रहरी अधिकारीहरु घटनाको यथार्थ छानविन गर्न अहिले घटना स्थल पुगेका छन् ।
यस बिषयमा बुझ्दा नगर प्रमुख केशव बहादुर चन्दले आफुलाई थाहा नभएको बताए । उनले गाई गोरु नगरपालिकाको टिप्परले भिरबाट खसालेको हो भन्ने प्रश्नमा उनले ‘मलाई थाहा छैन् यार’ भन्ने जवाफ दिए ।
स्थानियका अनुसार केही व्यक्तिले गाई व्यवस्थापन गर्ने भन्दै रकम लिएर नगरपालिकाकै टिप्परमा लिएरु भीरबाट खसालेको बताएका छन् । नगरपालिकाले प्रति गाई २ हजार रुपैयाँ समेत दिएको थियो ।
