धनगढी, ४ मंसिर/कैलालीका १८ सहित सुदूरपश्चिमका थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहीबार ३५१ जनाको परीक्षण गर्दा थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका ९ जनामा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर २ का ३ जना, वडा नम्बर ४ का २ जना, यस्तै वडा नम्बर ३, ५, ८ र १९ का १र१ जनामा संक्रमण पुष्टि भएको छ ।
कैलालीकै लम्किचुहा नगरपालिकाका ५ जना, गोदावरी नगरपालिकाका २ जना, गौरीगंगा नगरपालिका र ठेगाना नखुलेका १र१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जना, बेलौरी नगरपालिकाका १ जना, त्यस्तै बझाङका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
