डडेल्धुरा, २ मंसिर– भाईटिका लगाएर घर आएकी श्रीमतीको श्रीमानले हत्या गरेका छन । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका–७ साँदनीका ४५ वर्षीय करन पुन मगरले आफ्नी ४० वर्षीया श्रीमती पार्वती पुन मगरको हत्या गरेका हुन् ।
सोमबार राती ४५ बर्षीय करन पुन मगरले अत्याधिक मदिरा सेवन गरेर ४० बर्षीया श्रीमती पार्वती पुन मगरको हत्या गरेको ईलाका प्रहरी कार्यालय जोगबुडाले जानकारी दिएको छ ।
भाईटिकाको दिन माईती पुगेर दाजुभाईलाई टिका लगाएर घर फर्केकी श्रीमतीसँग अत्याधिक मदिरा सेवन गरेका करन पुनमगरको सामान्य विवाद भएको र विवादका क्रममा कुटपिट हुँदा घरको भित्तामा टाउको ठोक्किएर श्रीमतीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक रमेश अवस्थीले जानकारी दिए ।
घटनापछि मंगलबार बिहान सिमा प्रहरी चौकी तातापानी र इलाका प्रहरी कार्यालय जोगबुडाबाट खटिएको प्रहरी टोलीले श्रीमतीको हत्यामा संलग्न पुन मगरलाई नियन्त्रणमा लिइसकेको र शवको पोष्टमार्टमका लागि जोगबुडा अस्पताल पु¥याइएको प्रहरी निरिक्षक अवस्थीले जानकारी दिए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।