धनगढी, २८ कात्तिक- दार्चुलाको गन्नाबाट पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहिवार मध्यान्न १२ बजे महेन्द्रनगरका लागि छुट्यो । बसका चालक थिए, बैतडीका विरेन्द्र कार्की । सात बर्षदेखि बस चालक कार्कीले बैतडीको खोड्पेमा खाना खुवाउने गरी गाडी हाकिरहेका थिए । ‘रातिको सवा १० बजेको थियो भने खोड्पे पुग्न आधा किलोमिटर मात्रै बाँकी थियो ।
घुम्ति र सडकमा खाल्डाखुल्डी थिए,’ चालक कार्कीले भने, ‘घुम्तीमा गाडी मोड्न खोज्दा झ्याप्प स्टार्ट बन्द भयो । स्टेरिङ पनि लक भयो । त्यसपछि जोगाउनै सकिएनँ ।’ धनगढीको माया मेट्रो अस्पतालमा उपचाररत कार्कीले खाल्डाखुल्डीसहितको सडक नै दुर्घटनाको मुख्य कारण भएको बताए । सोही बसका सहचालक दार्चुलाको शैल्यशिखरका रमेश खत्रीलाई भने बसले सडक छोड्दाको सम्झना छैन् । ‘म त निन्द्रामा थिए । निन्द्रा खुलेपछि घटनास्थलमा बचाउबचाउ भन्ने आवाज मात्रै सुनियो । ’ खत्रीले भने ।
बस दुर्घटनामा परी नौँ जनाको मृत्यु भएको छ भने ३४ जना घाईते भएका छन् । घाईते मध्ये गम्भिर ११ जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ भने अन्यको डडेल्धुरामा उपचार भईरहेको छ । कञ्चनपुर भीमदत्त नगरपालिका ८ तिलाचौर बस्ने बर्ष १५ की कृतिका कार्की, दार्चुला मालिकार्जुन गाउँपालिका डाडाकोट बस्ने जगन्नाथ ओझा, जिल्ला बैतडी दोगडाकेदार ६ सित्तड बस्ने कपिन्द्र प्रसाद जोशी, दार्चुला खरकडा बस्ने तर्कराज गिरी, बैतडीको दोगडाकेदार गाउँपालिका ६ बस्ने रणबहादुर चन्द, कंचनपुरको भिमदत्त नगरपालिका १० बस्ने बिज्ना देवी धामीको मृत्यु भएको हो । कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर १४ फुलबारी बस्ने नरेन्द्र चौधरी, सोही वडाको आदर्श टोल बस्ने ऋषीराम चौधरी र बैतडीको दोगडाकेदार गाउँपालिका ६ सित्तड बस्ने २७ बर्षीय करन सिंह ऐडीको मृत्यु भएको हो ।
रातिको समयमा बस दुर्घटना भएकाले अधिकासं यात्रु निन्द्रामा थिए । दुर्घटनाका घाईतेहरुले पनि बस खस्दा होस नभएको बताएका छन् । फोन गरेर सडक दुर्घटनाबारे जानकारी दिने बैतडीको दोगडाकेदारका नितेश भट्टले होस खुल्दा घटनास्थलमा चित्कार मात्रै सुनिएको बताए । दुर्घटनामा घाईते भएका उनले आफ्नो होस आउँदासम्म त्यहाँ उद्धारकर्मी नपुगेकाले फोन गरेर सडक दुर्घटना भएको जानकारी दिएको बताए ।
ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले प्राविधिक गडबढी भएको र तीव्र गतिका कारण बस दुर्घटना भएको हुनसक्ने बताए । यकिन कारण भने अहिले नै भन्न नसकिने गौतमले बताए । बस दुर्घटना भएको खबर प्रहरीले राति १०ः२४ मा पाएको थियो । त्यसलगत्तै उद्धारमा खटिएको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।
घाईतेको विवरण
जिल्ला बैतडी दोगडाकेदार गा.पा. ७ बस्ने बर्ष २८ को बिरेन्द्र कार्की
जिल्ला कञ्चनपुर बेलौरी न.पा. ७ बस्ने बर्ष २४ की बिमला कुवर
निजकै छोरा बर्ष २ को नितेश कुवर
जिल्ला कञ्चनपुर भि.न.पा. ६ बस्ने बर्ष २४ की दिपा चन्द
जिल्ला बैतडी दोगडाकेदार बस्ने बर्ष २२ की बिमला बडु
निजकै छोरा बर्ष २ को सुशांक जोशी
जिल्ला बैतडी डिलासैनी १ बस्ने बर्ष २० को जनक धानुक
जिल्ला दार्चुला शैल्यशिखर न.पा. ८ बस्ने धन सिह खत्री मुख
जिल्ला दार्चुला मर्मा गा.पा. २ बस्ने बर्ष २४ की जानकी सिह कम्मर
जिल्ला बैतडी डिलासैसी ४ बस्ने बर्ष ३३को लोकेन्द्र बोहरा
जिल्ला अछाम चौरपाटी ४ बस्ने बर्ष २९ को अमृत कुमाल टाउको
जिल्ला कैलाली गौरीगंगा न.पा. ११ बस्ने बर्ष २५ को बिरेन्द्र चौधरी
जिल्ला कैलाली फुलबारी बस्ने बर्ष २३ को लोकेन्द्र बस्नेत
जिल्ला बैतडी पुर्चौडी न.पा. बस्ने बर्ष २५ को सुरज लुहार
जिल्ला कञ्चनपुर भि.न.पा. २ बस्ने बर्ष २५ को दशरथ गिरी
जिल्ला कञ्चनपुर शु.न.पा. ६ बस्ने बर्ष ६५ की नरमा देबी धामी
जिल्ला बैतडी दोगडाकेदार ७ बस्ने बर्ष २७ को अमृत बि.क.
जिल्ला कञ्चनपुर शु.न.पा ६ बस्ने बर्ष ५५ को हर्क बहादुर धामी
जिल्ला दार्चुला सिप्टी ४ बस्ने पुरन टमटा
जिल्ला काठमाण्डौ बस्ने बर्ष १९ को अजी लामा
जिल्ला कैलाली फुलबारी १८ बस्ने बर्ष ३५ को दिनेश चौधरी
ऐ.ऐ बस्ने बर्ष २२ को बिसाल घर्ति मगर
जिल्ला काठमाण्डौ गोकर्णेश्वर ४ बस्ने बर्ष २२ को कर्ण बहादुर बिष्ट
जिल्ला बैतडी दोगडाकेदार ७ बस्ने बर्ष २२ को नितेश भट्ट
जिल्ला काठमाण्डौ बस्ने बर्ष २२ की अस्मिता बिष्ट
जिल्ला कञ्चनपुर भि.न.पा. १ बस्ने वर्ष ३५ नरेश पन्त
जिल्ला दार्चुला लेकम २ बस्ने बर्ष ५९ को बलदेब सिह कार्की
जिल्ला कैलाली गोदावरी न.पा. २ बस्ने बर्ष २९ को यज्ञ राज कठायत
जिल्ला कञ्चनपुर बेलडाडी ३ बस्ने बर्ष २२ को नरेन्द्र सिह साउद
जिल्ला कंचनपुर भि.न.पा. ८ बस्ने वर्ष ३० कि कल्पना कार्की
ऐ.ऐ. बस्ने वर्ष ६ को कौशल साउद
जिल्ला कैलाली गोदावरी न.पा. ३ बस्ने बेद प्रकाश धामी
जिल्ला दार्चुला शैल्यशिखर न.पा. ८ बस्ने वर्ष २७ को रमेश खत्री
जिल्ला दार्चुला मार्मा गा.पा. २ बस्ने वर्ष ३ कि सिम्रन सिंह