सृजना स्नेही
बझाङ २५ कार्तिक- बझाङमा चाडपर्वको अवसरमा बजार अनुगमन गरीएको छ । सोमबार बझाङ्गको सदुरमकाम चैनपुर,सिमखेत र चिउडीखान (चौड) मा धरेलु तथा साना उधोग बिकास कार्यलय बझाङ र जिल्ला प्रशासन बझाङले संयुतरुपमा बजार आनुगमन गरेको हो ।
जिल्ला को जयपृथ्बी नगरपालिका वडा न ९र १० मा गरीएको अनुगमनमा म्याद नागेका खाध्यान्न साम्रगीहरm र अन्य म्याद नागेका सामानहरु बरामद गरीएको जनाइएको छ । बरामत गरीएका खाध्यान्न सामानहरुलाई नष्ट गरीएको घरेलु प्रतिनिधि प्रदिप खड्काले बताए । प्रहरी नायव निरिक्षक जयधन सिह धामी,जयपृथ्वी नगरपालीकाका प्रतिनिधी नारद खड्का, जिल्ला शिक्षा समन्य इकाई प्रतिनिनिधी जनक रोकाया, घरेलु प्रतिनिधि प्रदिप खड्का, हरिश बम, जिल्ला प्रसासन कार्यालय बझाङका प्रतिनिधी नन्द वहादुर धामि, पत्रकार दोरेन्द्र खड्का लगाएको टोलीले बजार अनुगमन गरेका हुन । बजार अनुगमन गर्दा पचास प्रतिशत भन्दा बढी पसलहरु दर्ता नै नगरी सञ्चालन गरेको पाईको पत्रकार दोरेन्द्र खड्काले बताए ।
दर्ता नभएका पसलहरुलाई एक हप्ता भित्र पसल दर्ता गर्न भनिएको धरेलु तथा साना उधोग बिकास कार्यलय बझाङका प्रमुख खड्क बहादुर बोहोराले बताए । घरेलु तथा साना उधोग विकास कार्यालयले कार्तिक २ गतेबाट दोसो बजार अनुगम सरुगरको हो भने यो भन्दा अगाडी अघिल्लो आर्थिक बर्षमा असाढमा पहिलो अनुवगमन गरेको थियो । यस अघि बझाङ्गका बित्थचिर गाउपालिका, केदारस्यु गाउपालिका, बुंगल नगरपालिका,दुर्गाथलि गाउपालिकाका बजारहरुमा अनुगमन गरीएको थियो