धनगढी, २५ कार्तिक १९ बर्षको कलिलो उमेरमै साईली छोरी बसन्ती कुमारी ढाँटको बायाँ मृगौला खराब भएपछि धनगढी उप–महानगरपालिका वडा नम्बर १२ जुगेडा ‘सी’ गाउँका बुबा दिल बहादुर ढाँटलाई छोरीको मृगौलाको उपचार गराउन मुस्किल भएको छ ।
चार छोरी र एक श्रीमती रहेको दिल बहादुरको परिवारमा छोरी नि छोरा जस्तै हुन भनेर मन ढुक्क बनाएका दिल बहादुरको परिवारमा साईली छोरी बायाँ मृगौला खराब भएपछि छोरीलाई कसरी बचाउने भन्नेले चिन्तित बनाएको छ ।
उनले ५ बर्ष अघि आफ्नो नाममा रहेको आधी कट्टा जग्गा बैंकमा धितो राखेर एक लाख ऋण निकालेर माईली छोरीको बिहे गरे । माईली छोरीको बिहे १ वर्ष पछि साईली छोरी बसन्तीको सधै पेट दुख्न गर्ने गरेकोले भारतमा रोजगार गरिरहेका दिल बहादुरले छोरीको उपचारका सहज हुन्छ भनेर १ लाख ऋण जोह गरेर भारतको मुम्बईमा लगेर छोरीको उपचार गराउदा डाक्टरले उनको मृगौलामा पत्थरी भएको बतायो । पत्थरी देखीएपछि उनले छोरीको भारतमै अप्रेशन गराए । एक बर्ष सन्चो भयो ।
“अप्रेशन गरेपछि एक बर्ष सन्चो भयो तर पछि उनको पेट दुख्न सुरु भयो । उनलाई फेरि उपचार गराउन धनगढीका धेरै निजि अस्पतालहरुमा गए । पत्थरी छ भने । तर सन्चो भएन् ।” उनले भने,फेरि १ बर्ष अघि बसन्तीको पेट दुख्ने थल्यो। दिल बहादुरले उपचार गराउन धनगढीमा रहेको सारथी अस्पतालमा दुई पटक देखाए पथरी भएको र उपचार नसक्ने भन्दै अन्य अस्पताल लैजान आग्रह गरे । सेती प्रादेशिक अस्पतालमा उपचार हुन्छ कि भनेर प्रादेशिक अस्पतालमा उपचार गराउन लगे प्रादेशिक अस्पतालले पनि बाहिर लैजान भनी पठाए ।
घरमा पैसा कमाउने आधार भनेका दिल बहादुर छोरीको उपचार गराउन अस्पताल धाउन थालेपछी घरमा छाक टार्नै मुस्किल भएको थियो । छोरी मुख हेर्दै आफ्न्त र अन्यहरु ऋण जोह गरेर धनगढीका निजि अस्पताल निसर्ग हुदै माया मेट्रो अस्पतालमा भर्ना गरे। कोरोनाको महामारीमा काठमाडौबाट डाक्टर आउन नसक्ने र यता उपचार गरान मेसिन नभएको भन्दै धनगढीका निजि अस्पतालहरुले नेपालगन्जमा लैजान डाक्टरले उनलाई सल्लाह दिए।
अस्पतालले उपचार गराउन नेपालगन्ज लैजान त भने तर दिल बहादुरलाई कहाँबाट पैसा खोज्ने भनेर चिन्ताले पिरोन्छ । न धन न सम्पत्ति छ, त्यही आफ्नो ज्यानलाई साक्षी राख्दै पैसाको ब्यबस्था गरे । बैशाख महिना नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गराए । डाक्टरहरुले मृगौलामा पीप भरिएको भन्दै पाइप लगाएर सफा गर्नु पर्ने भने र पिप सफाका लागि पाइप राखियो । १ महिनापछि पुनः नेपालगन्ज मेडिकल कलेजमा बसन्तीलाई लगे केही सन्चो भएन् ।
असोजमा बसन्तीको मुखबाट रगत आउन थालेपछि बुबा दिल बहदुरले धनगढीमा रहेको कैलाली अस्पतालमा बसन्तीलाई भर्ना गरे। उनको शल्यक्रियाका गर्नु पर्ने त्यसका लागि वीर अस्पताल काठमाण्डौ जानु पर्ने सुझाव दिए ।युवा कमल ढाटको नेतृत्वमा धनगढीमा संकलन गरेको रकमले उपचार गराउन काठमाडौको वीर अस्पतालमा भर्ना गरे । १५ दिन काठमाडौमा बसेर छोरीको उपचार गराईहेका दिल बहादुर काठमाडौमा बढ्दै गएको कोरोनाको महामारीले छोरीको उपचार गराउन रोकियो र डाक्टरले उनलाई छिटोमा दशैपछि र ढिलोमा तिहार लग्तै आउनु भनी घर पठायो ।
धन र सम्पत्तिको नाममा दिल बहादुरसङ्ग सहकारीमा रहेको धितो आधी कट्टाको घर-जग्गा र सानो किराना पसल बाहेक अरु केही छैन ।बसन्ती बचाउ अभियानमा लाग्दै कोरियामा रहेका सुदूरपश्चिमेली समाज,गाउमा युवाहरुले चन्दा संकलन र निता खत्रीको नेतृत्वमा आर्थिक संकलन गरिरहेका छन् । बसन्ती बचाउ अभियानमा तपाई सक्दो सहयोगका लागि हार्दिक अनुरोध छ । सहयोग गर्न चाहनेलाई बुबा दिल बहादुर ढाटको मोबाईल नम्बर ९८४८४४२४४९ र निता क्षेत्रीको मोबाइल नम्बर ९८६८०६५८३१ रहेको छ । निता खत्रीको महालक्ष्मी बैंक धनगढी शाखाको खाता नम्बर ००१००६००००५६५८०००००१ रहेको छ ।