धनगढी,२४कात्तिक । धनगढीमा रहेको एक हार्डवेयर पसलमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ स्थित स्याउले बजारमा रहेकोे तुलसी ट्रेडर्स एण्ड सप्लायर्समा आगलागी भएको प्रहरीले जनाएको छ ।
आइतबार राति समयमा विजुलीको तार सर्ट भई पसलमा आगलागी भएको हुन सक्ने पसलका संचालक खेमबहादुर नेपाली (बिजय)ले जानकारी दिएका छन् ।
स्थानीय र प्रहरीकोे सहयोगमा आगलागि भएको १ घण्टापछि आगो नियन्त्रणमा लिईएको बहुलिया सिमा प्रहरी चौकीका ईन्जार्ज आनसिंह धामीले बताए ।
आगलागीबाट पसलमा रहेको सामान जलेर ३१ लाख बढी क्षती भएको समेत धामीले जानकारी दिए । आगलागीबाट पसलको अधिकांश समान जलेर नष्ट भएपनि मानबिय क्षती भने नभएको प्रहरीले जनाएको छ ।