हरिलाल जोशी
पुनर्वास ,२२ कार्तिक – लकडाउनका कारण स्थगित रहेको कक्षा ११ को परिक्षा कंचनपुरको पुनर्वास नगरपालिका अन्तर्गतका विद्यालयहरुमा (आइतबार ) देखि सञ्चालन हुने भएको छ ।
आईतबार देखि सुरु हुने परिक्षाको सबै बिद्यालयहरुमा तयारी शुक्रबार नै पुरा भइसकेको पुनर्वास नगर परिक्षा समितिका संयोजक मान बहादुर तामाङले जानकारी दिए ।
संयोजक तामाङले परिक्षा हलमा मर्यादित र अनुशासित भएर परिक्षा दिन सहभागी हुनुहुने सम्पुर्ण परिक्षार्थीहरुलाई अनुरोध गर्नुभएको छ ।
उहाँले परिक्षा हलमा ईलेक्ट्रोनिक्स प्रविधि ( मोबाईल ) ,गेस पेपर र अन्य निषेधित बस्तुहरु नल्याउन पनि परिक्षार्थीहरुलाई आग्रह गरे ।
परिक्षा आ-अफ्नो अध्ययनरत विद्यालयमा कार्तिक २३ गते देखि कार्तिक २८ गते सम्म सञ्चालन हुनेछ ।