• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

निर्मला हत्या काण्ड: अनुत्तरित प्रश्‍न, अनुत्तरदायी सरकार

धर्मेन्द्र झा

‘…तपाईंको आफ्नै सन्तानलाई यस्तै भएको भए के ती मानिसलाई बाँकी राख्नुहुन्थ्यो र? देशको प्रगतिलाई आत्मसात् गरेर अघि बढनुहोस् अब, सत्ताको पछि नलाग्नुस् । तपाईं प्रधानमन्त्री भएदेखि धेरैको मनमा आशा जागेको थियो, त्यसलाई विलीन हुन नदिनुहोस् । नेपाल आमालाई नरुवाउनुहोस्, बिन्ती छ । र, अहिले जघन्य अपराध गरेका व्यक्तिलाई कडाभन्दा कडा सजाय दिनुहोस् । महिला हिंसा र बलात्कार गर्नेलाई कडा सजाय दिन नियम बनाउनुहोस् र लागू गर्न लगाउनुहोस् । अनिमात्र नेपाल सुरक्षित ठाउँ हो भन्ने विश्वास गर्छौं ।’

केही वर्षपहिला पूर्व नेपाल सुन्दरी माल्भिका सुब्बाले फेसबुक फ्यान पेजमार्फत तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई लेखेको खुलापत्रका अंश हुन् यी । नेपालमा महिला हिंसाको हिसाब खोज्ने र यसको दीर्घकालीन समाधान पहिल्याउन सरकारको भूमिकालाई उत्तरदायी बनाउने आग्रहसाथ व्यक्त यी अभिव्यक्तिले वर्तमानको नेपाली समाजको पीडालाई शब्दमा अनुवाद गरेको छ ।

यी अभिव्यक्ति हालका प्रधानमन्त्री केपी ओलीका सन्दर्भमा पनि लागू हुन्छ । प्रधानमन्त्री ओली र उनका सरकारका जिम्मेवारहरुका दृष्टिमा उपर्युक्त अभिव्यक्ति पर्‍यो कि परेन ? निर्मलाको अस्तित्व-हरणले झकझक्यायो कि झकझक्याएन त्यो त थाहा भएन तर यससम्बन्धमा संवेदनशील हुन भने आग्रह गरिनु अनुचित हुँदैन ।

कञ्चनपुर महेन्द्रनगर उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष बितेको छ । अघिल्लो वर्ष साउन १० गते उनको शव भेटिएको थियो । दुर्भाग्य ! अपराधी अझै पनि फेला पर्न सकेको छैन । वर्ष दिन बितिसक्दा पनि घटनाका सम्बन्धमा कुनै अनुसन्धान टुंगोमा पुग्न नस्कनु उदेकलाग्दो छ । यस जघन्य अपराधमा संलग्न मूल व्यक्तिसम्म प्रहरी पुग्न नसक्नु दुःखद छ ।

स्थानीय जनता आक्रोशित छन् । जनता न्याय माग्न आन्दोलनमा उत्रिएको प्रसंग पुरानो भइसक्यो । लाजमर्दो अवस्था हो, न्याय माग्न जनता आन्दोलनमा उत्रन बाध्य हुनुपर्ने मुलुकको सूचीमा नेपाल दरिएको छ । यतिमात्र होइन न्यायको आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले सुरक्षाका नाममा गोली चलायो र प्रहरीको गोली लागेर स्थानीय १४ वर्षीय सन्नीको मृत्यु भयो । यसको जति निन्दा गरे पनि कम हुन्छ । महेन्द्रनगरमा अहिले आन्दोलन त छैन तर स्थानीय बासिन्दाको आक्रोश कायमै छ ।

सायद जनताको आन्दोलन थकाउने सरकारको रणनीति सफल भएको छ । निर्मलाका परिवारले संघ, प्रदेश र स्थानीय सरकारबाट घोषणा गरिएका राहतबापतको रकम पनि बुझिसकेका छन् । निर्मलाकी आमाले भीमदत्त नगरपालिकामा जागिर पनि सुरु गरेकी छन् । तर यसको अर्थ निर्मलाको परिवारले अवस्थासँग सम्झौता गरिसकेका रूपमा लगाउन मिल्दैन । मुटुभरि आक्रोश र पीडा बोकेर निर्मलाका आमाबुबा अपराधीको खोजी गरिदेऊ भनेर गुहार लगाउँदैछन् ।

जनतालाई सरकार र प्रहरीको नियतमाथि प्रारम्भदेखि नै शंका छ । प्रहरीको रवैयाप्रति असन्तुष्ट छन् स्थानीयवासी । स्थानीय बासिन्दाले यस घटनामा आफ्ना पक्षमा दबाब र प्रभाव सिर्जना गर्न सक्ने सामाजिक ठालू र तिनका परिवार संलग्न भएको आशंका गरेका छन् । यस आशंकालाई त्यत्तिकै निराधार भन्न सकिने अवस्था छैन ।

यस घटनामा राजनीतिक शक्ति र प्रशासनिक नेतृत्वबीच साँठगाँठ रहेको आरोप लागेको छ र यसै आधारमा समाज विभाजनको प्रयास भइरहेको छ । राज्यसत्ताले जनतामा भित्रिएको यो आशंका अन्त्य गर्न सकेन भने राज्यप्रति जनतामा ठूलो अविश्वास उत्पन्न हुन सक्छ । यो अवस्थाले निश्चय पनि राम्रो परिणाम निम्त्याउँदैन ।

यसले राज्यलाई कमजोरमात्र बनाउने छैन बरु राज्य जनताप्रति जिम्मेवार र जबाफदेही छैन भन्ने पनि प्रमाणित गर्नेछ । तर सरकारको रबैया सन्तोषप्रद छैन । गृहमन्त्रीले यस्ता अपराध समाजमा भइरहन्छन् भनेर गैरजिम्मेवार जबाफ दिएको ताजै छ । यसबाट पनि सरकारले यस घटनालाई कति हलुंगो तरिकाले हेरिरहेको छ भन्ने पुष्टि हुन्छ ।

विश्वमा अपराध जहाँ पनि हुन्छ । अपराधरहित मुलुक विश्वमा कुनै पनि छैन । फरक के मात्र हो भने अन्य मुलुकमा अपराध गरेपछि अपराधीलाई खोजिन्छ र कारबाही गरिन्छ तर नेपालमा अपराधीको सम्मान गरिन्छ । राजनीतिक दलहरुमा अपराधकर्मीको खुलेआम आबद्धताले यही कुरा स्पष्ट गर्दछ ।

देशमा महिला हिंसालगायतका अपराध वृद्धि हुनुमा राजनीति र अपराधको अन्तरसम्बन्धले पनि ठूलो भूमिका निर्वाह गरेको छ । महिला सुरक्षाका दृष्टिले सरकारको अवस्था ऋणात्मक छ । सरकार सुशासनको कुरा गरेर थाक्दैन तर यस दिशामा कार्य केही पनि गर्दैन ।

आफ्नो वैयक्तिक सुरक्षाका लागि संवेदनशील हुँदै सरकारमा सामेल व्यक्ति र दलका कार्यकर्ता राज्यको सुरक्षा निकायको चरम दुरुपयोग गर्दे आफ्ना वरिपरि सुरक्षा घेरा सुदृढ बनाउन तल्लीन देखिन्छन । तर तिनै व्यक्ति मुलुकको सुरक्षा व्यवस्था र सुशासनका पक्षमा किन आफूलाई प्रस्तुत गर्न सक्दैनन् ?

यस सन्दर्भमा हामीले छिमेकी भारतको घटनाबाट ठूलो पाठ सिक्नुपर्ने हुन्छ । सन् २०१२ को डिसेम्बर १६ का रात राजधानी नयाँदिल्लीमा गुडिररहेको बसमा एक युवतीलाई गरिएको सामूहिक बलात्कारको घटना कुनै एक परिवार वा कुनै एक समुदायसम्म मात्र सीमित रहेन । सम्पूर्ण भारतवासी आन्दोलित भए । यो एक घटनाले भारतलाई आजको दिनमा एक किसिमले पुनर्जागरणको अवस्थामा लयाइपुर्‍याएको छ ।

तर यो यथार्थ बिर्सने धृष्टता नेपाली समाजले किन गर्छ ? सरकार किन संवेदनशील बन्दैन ? किन सरकार आस्था र विचारका आधारमा घटनाको विश्लेषण गर्न खोज्छ ? उत्तर अपेक्षित छ । दुर्भाग्य, परम्परागत मान्यतामा आधारित संरचनाबाट निर्मित समाजमा महिलाको अवस्था अत्यन्त कमजोर छ । सुदृढ बनाउने नीति–निर्माणको कुरा त परै जाओस्, हामीमा यसबारे सामान्य सोचसम्म पनि विकसित हुन सकेको छैन ।

पछिल्ला दिनमा महिला हिसाका घटनामा निकै वृद्धि भएको पाइएको छ । यसमा बलात्कार, बालिकासँग अनुचित यौन व्यवहार र जलाएर हत्या गर्नेजस्ता घटना निकै बढेका छन् । यस्ता घटना जुन प्रकृतिका र जुन रुपले सार्वजनिक भइरहेका छन्, त्यो उदेकलाग्दो मात्र होइन अनपेक्षित पनि छ । यसले निश्चय पनि सम्मुनत नेपालको भविष्यतर्फ संकेत गर्दैन ।

त्यसो त नेपाली समाजमा महिला हिंसाका घटना स्वयंमा नयाँ प्रवृत्ति होइन । नेपाली समाजमा युगौंदेखि महिलाले प्रताडनाको नियति भोगिरहेका छन । समय बदलियो । शासन बदलियो । समाजका व्यक्ति पनि बदलिए । तर बदलिएन यहाँका मानिसको व्यवहार । अहिले देशमा तुलनात्मक रुपमा आफूलाई प्रगतिशील र क्रान्तिको संवाहकका रुपमा दाबी गर्नेहरुको शासन सत्ता छ । यस कालखण्डमा पनि महिलाप्रतिको सम्मानमा कमी आएको मूल्यांकन गरिएको हो भने सत्तामा बसेकाले निश्चय पनि आफूहरूको शासन सञ्चालनको शैलीबारे सोच्नु अपेक्षित छ ।

दिल्ली सामूहिक बलात्कार घटनापछि भारत महाराष्ट्रका विपक्षी दलका नेता विनोद तापडेले आफ्नो व्यक्तिगत सुरक्षामा खटिएका सरकारी सुरक्षाकर्मीको संख्या घटाएर उदाहरणीय कार्य गरे । उनले राज्यबाट प्राप्त दसजना सुरक्षाकर्मीमध्ये आठजना फिर्ता गरेर तिनलाई महिला सुरक्षामा खटाउन आग्रह गरे । राजनीतिमा भारतीय नेताको सिको गर्न खोज्ने नेपालका नेताले विनोदको यस कार्यका बारेमा जानकारी प्राप्त गरे कि गरेनन् ? नेपालमा पनि बलात्कारका घटनाले तीव्रता पाएको वर्तमानमा यहाँका नेताबाट पनि यस्तै कार्यको अपेक्षा गरिनु अस्वाभाविक होइन ।

महेन्द्रनगरमा पछिल्लो एक वर्षमा अनुसन्धानका नाममा अनेकौं टोली पुगे । काठमाडौंमै बसेर पनि सरकारको अनुसन्धान प्रक्रिया सक्रिय रहेको दाबी गरियो तर डिएनएको रिपोर्ट कसैसँग नमिलेको भन्दै अनुसन्धान प्रक्रिया फितलो बनाइयो । प्रश्न उठ्छ के डिएनए नमिल्दैमा अपराधी उम्कन्छ त ? के अपराध अनुसन्धानका सन्दर्भमा डिएनएभन्दा अर्को भरपर्दो विकल्प विश्वमा छैन ? तर जिम्मेवारहरू समयमै जिम्मेवार हुन सकेनन् ।

सायद सुदूरका भावनालाई आत्मसात् गरिएन । त्रुटि यहीँनिर भयो । यो त्रुटि हुँदा महेन्द्रनगरमा मानवताको ठूलो क्षति हुन पुग्यो । आखिर यसको जिम्मेवारी कसले लिने ? सन्नीको सहादतको मूल्य कसले चुकाउने ? प्रश्नहरु निकै तेर्सिएका छन् । स्मरणीय रहोस्, महेन्द्रनगरको यो घटना र त्यसपछि सिर्जित अवस्थाको क्षतिपूर्ति र दीर्घकालीन समाधान अब कानुनी उपायबाट मात्र सम्भव छैन ।
(२०७६ असार अन्तिम साता महेन्द्रनगरको स्थलगत भ्रमणमा आधारित रहेर यो लेख तयार पारिएको हो)     

सौजन्यः नेपाल समय डटकम

शुक्रबार, साउन १७, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीका ग्रामीण कच्ची सडकमा राति गाडी चलाउन रोक
असार १५ मा हिलो खेल्ने बढे, खेती गर्ने घटे
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा प्यानल बनाउन नपाइने

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.