धनगढी, ५ कार्तिक/ सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा मंगलबार थप ४७ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घन्टामा ६०६ जनाको नमुना परिक्षणमा थप ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढीका ५ महिला र १८ पुरुष गरि २३ जना, कैलालीको कैलारी, टिकापुर र जोशीपुरका २/२ जना, गौरीगंगा, लम्कीचुहा र बर्दगोरीयाका एक/एक जना, गोदावरीका ३ जना र कैलालीको स्थानीय तह नखुलेका ७ जनामा कोरोना पुष्टी भएको हो ।
कञ्चनपुरको कृष्णपुर,बेलौरी, भिमदत्त र पुर्नवासका एक/एक जना र डोटीको केआईसिंहका एक जनामा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।
