धनगढी, ५ कार्तिक/कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसिरहेका धनगढीका दुई जनाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका-२ का ६८ वर्षीय पुरुष र धनगढीकै ६० वर्षीया व्यापारीको मृत्यु भएको हो । सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी २ का ६८ वर्षीय पुरुषमा असोज २८ गते संक्रमण पुष्टि भएको थियो । उनी होम आइसोलेसनमै बसिरहेका थिए । उनको अवस्था गम्भीर भएपछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।
उनको शव अहिले सेती अस्पतालमा राखिएको छ भने अर्को ६० वर्षीय व्यापारीको भारतको लखनउमा मृत्यु भएको हो । अवस्था गम्भीर भएपछि उपचारका लागि लखनउ लगिएका उनको सोमबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
