कैलाली, २ कार्तिक/ कैलालीको चुरे गाउँपालिका–१ का जनप्रतिनिधिको चर्तीकला देखेर स्थानीय जनताहरू आक्रोसित भएका छन् ।
जनप्रतिनिधिनै वेश्यावृत्ती घरेलु हिंसा र महिला हिंसाजस्ता अपराधिक गतिविधिमा संलग्न हुन थालेपछि स्थानीय जनताहरू आक्रोसित भएका हुन् । जनप्रतिनिधिको अपराधिक गतिविधि देखेर स्थानीय जनता र सर्वसाधारणले आक्रोस पोखेका छन् ।
चुरे गाउँपालिका–१ का जनप्रतिनिधि पदम धामी र बिर्मा नेपालीको वेश्यावृर्ती जस्तो अपराधिक गतिविधि बाहिर आएको छ। वडा सदस्य धामी र नेपालीको वेश्यावृत्ती संगै महिला हिंसाको घटना बाहिर आएपछि स्थानीय जनताहरू आक्रोसित भएका हुन् ।
सुदूरपश्चिममा दिनहुँजसो हत्या, हिंसा, बलात्कारजस्ता अपराधिक गतिविधिका समाचारहरू बाहिर आइरहेका बेला चुरेका जनप्रतिनिधिको वेश्यावृत्तीका घटना बाहिर आएको छ ।
जनप्रतिनिधिको अपराधिक गतिविधि देखेर आम जनमानसले के बुझ्ने र कसरी लिने भन्नेमा प्रश्न चिन्ह खडा भएको छ । जनप्रतिनिधिनै वेश्यावृत्ती घरेलु हिंसा र महिला हिंसाका घटनामा लिप्त हुन थालेपछि आमजनमानस र सर्वसाधारणको चाँसोको विषय बन्न थालेको छ ।
चुरे गाउँपालिका वडा नम्बर(१ का वडा सदस्य पदम धामी र बिर्मा नेपालीले शारीरिक सम्बन्ध राखेको अडियो वाहिरीएको हो । यस विषयमा सत्य, तथ्य के हो भनेर हामीले वेश्याबृर्तीको घटनामा संलग्न वडा दलित महिला सदस्य बिर्मा नेपालीसंग बुझ्दा उनले घटना चाहिँ सत्य भएको बताइन् तर यस घटनालाई गाउँमै मिलाएको कुरा पनि बताइन् ।
जनप्रतिनिधिले यस्तो अपराधिक गतिविधि गर्दा आमाजनमासले के बुझ्ने र के सिक्ने भन्ने प्रश्नमा उनले कुनै जवाफ नै दिन मानेन् । यस्ता अपराधिक गतिविधिमा संलग्न वडा सदस्यलाई कार्वाही हुने होइन भने यसले ठूलो रूप लिने देखिन्छ ।
वडा सदस्य नेपालीसंगको कुराकानी पछि यस विषयमा अपराधिक घटनामा संलग्न वडा सदस्य धामीसंग बुझ्दा उनलले पनि आफुबाट गलत भएको र गरेको स्विकार गरे । उनले पनि यो कुरा गाउँमा मिलिसकेको बताए ।
यस्ता घटनामा संलग्न जनप्रतिनिधिलाई सामाजिक रूपमा कार्वाही गरी कानुनी दायरामा लाउन जरूरी देखिन्छ । यस्ता जनप्रतिनिधिलाई कार्वाही गरिने होइन भने समाजमा ठूला—ठूला अपराधिक घटनाहरू घट्ने देखिन्छ ।
घटनाको विषयलाई लिएर स्थानीय जनताले आक्रोस पोखेका छन । नाम नखुलाउने सर्तमा एक जना स्थानीयले वेश्याबृर्ती जस्तो अपराधिक घटनामा संलग्न वडा सदस्यलाई कार्वाही हुनुपर्ने ठाउँमा वडा अध्यक्ष हुकुम बोहराले गाउँमै मिलाएको आरोप लगाए ।
उनले वडा सदस्यहरूको व्यश्याबृर्ती जस्ता ठूला तर समाजले पचाउन नसक्ने घटनाहरूलाई ढाकछोप गर्न खोज्ने वडा अध्यक्ष बोहरालाई पनि कार्वाही जरूरी भएको बताए । उनले भने ‘यदि उनीहरूलाई कार्वही हुने होइन भने समाजमा यस्ता ठूला घटनाहरू घट्न सक्ने खतरा रहेको छ ।’
अपराधिक गविधिमा संलग्न जनप्रतिनिधिलाई कार्वाही के हुने भन्ने विषयमा चुरे गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायीक समिति संयोजक दिपा साउँदसंग जानकारी लिदा उनले कार्वाही के गर्ने भन्ने विषयमा आफु जानकार नरहेको बताइन् ।
समाजले पचाउन नसक्ने घटनाहरू ढाकछोप गर्ने वडा अध्यक्ष र वेश्याबृर्तीमा संलग्न जनप्रतिनिधिलाई कानुनी दायरामा ल्याउनु पर्ने माग स्थानीयको रहेको छ । वडा सदस्य धामी र नेपालीको तीन घण्टा ५७ मिनेटको अश्लील अडियो वाहिरीएको छ ।