अछाम, २ कार्तिक/ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि अछामले तुर्माखाद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मा लाई जनअदालतको कार्यालय अछाममा हाजिर गरि सोधपुछ गरेको छ ।
गत असोज सम्म अछाममा कोरोना रोकथाम ,नियन्त्रण र व्यवस्थापनमा मात्रै करिव ११ करोड २ लाख ७ सय ३३ भन्दा वढि खर्च भएको थियो ।
कोरोना महामारी रोकथाम का नाममा भएको खर्च विवरण को स्पष्ट हिसावकिताव र स्थानिय निर्वाचन पछि को प्रगति प्रतिवेदन को विषयमा आफुहरुले सोधपुछ गरेको नेकपा अछामका कार्यालय सचिव लक्ष्मणले कुसे विशेष मा हामिलाइ बताए।
तुर्माखाद गाउपालिका ले एक करोड छ लाख वईसट्ठि हजार दुई सय सोर्ह रुपैया खर्च भएको तथ्य गत असोजमा सार्वजनिक गरेको थियो ।
सोहि विषयमा व्यापक जनगुनासो आएपछि गाउपालिका अध्यक्ष शर्मा लाई जनअदालतको कार्यालय अछाममा हाजिर गराई सोधपुछ गरेको हो ।
कोरोना कहरकै विच अछाममा अधिकांश स्थानिय तहले त्यहाँका जनप्रतिनिधि र कर्मचारीको मिलोमत्तोमा व्यापक अनियमितता भएका उजुरि जनपरिषद्को कार्यालयमा परेको नेकपा स्रोत अछामले वताएको छ ।
आफुहरु सवै तहको अनुगमन गरिरहेको र यदि अनियमितता गरेको भेटिएमा जनपरिषद् नेपाल को निर्देशिकाको आधारमा कार्वाहि गरि छोड्ने जिल्ला जनपरिषद् प्रमुख सौगातले वताए ।
अध्यक्ष शर्मालाई जनअदालतमा सोधपुछ गरि ७ दिनमा जवाफ दिनेगरि साधारण तारिखमा रिहा गरेको नेकपा निकट स्रोतले वताएको छ ।