धनगढी, १ कार्तिक/ नेपाल तरुण दलले डोटीको जोरायल गाउँपालिका स्तरीय समिति गठन भएको छ । किरण मल्लको अध्यक्षतामा ३२ सदसिय कार्यसमिति रहने गरी समिति गठन गरिएको हो । शनिबार जोरायलमा पालिकास्तरीय समिति गठन गरीएको हो ।
नेपाल तरुण दल जोरायल गाउँपालिका समितिमा आफूलाई पहिलो नेतृत्व गर्ने मौका दिएकोमा धन्यबाद व्यक्त गर्दै अध्यक्ष मल्लले तरुण दल बलियो र संगठित बनाउन सिंगो कार्यसमिति लाग्ने बताए ।
कार्यक्रममा प्रमुख अथिति रहेका नेपाली कांग्रेसका नेता तथा जोरायल गाउँपालिका अध्यक्ष उम्मेद्धार दिपक बिष्टले गाउँपालिकामा युवाहरुलाई जागरुप बनाउन तरुणको महत्वपुर्ण भुमीका रहेको बताए । उनले युवाहरुले सक्रिय हुनुपर्ने र स्थानिय तहमा भएका अनियमितता भष्ट्राचारहरु विरुद्ध खबरदारी गर्नुपर्ने धारणा राखे ।
उनले पछिल्लो समय जोरायल गाउँपालिकामा अनियमितता बढ्दै गएको बताउदै यसमा तरुण युवाहरु चनाखो भएर लाग्नुपर्ने र यस्ता गतिविधी विरुद्ध खरो ढंगले उत्रिनुपर्ने बताए ।
मल्लको अध्यक्षतामा गठन भएको समितिमा उपाधयक्ष चेतराज भट्ट, कर्ण बहादुर देउवा र नरेश साउँद चयन भएका छन् । त्यस्तै सचिवमा प्रेम बहादुर साउँद, सह सचिवमा योगेन्द्र मल्ल, कोषाध्यक्षमा दिनेश ओझा चयन भएका छन् ।
त्यस्तै सदस्यमा अमर मगर, मोहन मल्ल, शंकर बहादुर मल्ल, प्रकाश भण्डारी, दिनेश साउँद, योगेन्द्र मल्ल, लाल बहादुर पार्की, हर्क मल्ल, हेम मल्ल, गणेश बोहरा, सन्तोष ओली, शरद जोशी, कमलराज भट्ट, बम बहादुर चोखाल, पुष्पराज पन्त, हिम्मत, अमर साउँद, राम बहादुर बिक, पदक प्रकाश मडै, डबल बोहरा, तिर्थ साउँद, पुष्कर बहादुर साउँद, महेश खत्री र चेत बोहरा चयन भएका छन् ।
कार्यक्रममा जोरायल गाउँपालिकाका काग्रेस नेता, काग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।