धनगढी, ३० असोज/सुदूरपश्चिमका थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पु्ष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालमा पछिल्लो एक सय ८० जनाको परीक्षण गरिएकोमा कैलालीका ४३ सहित थप ४७ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका ४३ र कञ्चनपुरका ४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
कैलालीको धनगढी उपमहानगरपालिकाका मात्र ३६ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। उपमहानगरपालिकाको वडा नम्बर १ का ५ जना, वडा नम्बर २, ३ र ५ का तीन/तीन जना, वडा नम्बर ४ र ८ का दुईरदुई जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए। यस्तै वडा नम्बर नखुलेका १६ जना, त्यसैगरी वडा नम्बर ७ र १३ का एकरएक जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए।
यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ३ जना, लम्किचुहा नगरपालिका–३ का एक जना र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण पुष्टि भएको छ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिका ३ जना र पुर्नरवास नगरपालिका– ३ का एक जनामा पनि संक्रमण देखिएको सेती अस्पतालले जनाएको छ।