धनगढी, ३० असोज/ नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदिय दलका नेता डा. रणबहादुर रावलले कोरोना संक्रमण फैलन नदिनका लागि सबैले सावधानि अपनाउनु पर्ने बताएका छन् ।
बिहीबार अत्तरियामा रहेको सामुदायिक रेडियो प्रदेश सेभेनको पहिलो बार्षिक उत्सव कार्यक्रममा बोल्दै नेता रावलले कारोना भाइरस नियन्त्रण तथा रोकथामको लागि सबैले आ–आफ्नो क्षेत्रमा सावधानि अपनाउनुपर्ने र व्यक्तिगत स्वास्थ्य सुरक्षामा बिशेष ध्यान दिनुपर्ने बताएका हुन ।
उनले प्रदेश सरकार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा असफल भएको बताए । सुदूरपश्चिममा पिसिआर मेसीन थपेको भएपनि परिक्षणको दायरा भने बढ्न नसकेको उनले बताए । कार्यक्रममा प्रमुख अतिथी समेत रहेका नेता रावलले सामुदायिक रेडियो प्रदेश सेभेनको पहिलो बार्षिक उत्सवको अवसरमा शुभकामना दिदै थप प्रगती र सफलताको कामना व्यक्त गरे ।
यस्तै कार्यक्रममा कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले गलत समाचार प्रकाशन प्रसारणले द्धन्द सृजना गर्ने, भन्न खोजेको एउटा र त्यसकोे अर्थ अर्को लाग्ने भएकोले समाचार पुर्वाग्रहका आधारमा भन्दा सत्य तत्थ्यमा आधारित हुनु पर्ने बताए ।
